
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं. ३ कृष्णा गोपाल मा।बि। का शिक्षक मोटा प्रसाद सापकोटा बिगत ३ हप्ता देखि बिरामी बिदा भनि विधालयमा छुट्टी लिएको र सो शिक्षक बिरामी नभई बेथानचोक वडा नं। ३ को काङग्रेसबाट शिक्षकले वडा अध्यक्षको उम्मेदवार दावि गरि चुनावि प्रचार प्रसारमा हिडेको स्थानियले वताएको छ ।
कृष्णा गोपाल मा।बि।मा लेखापाल तथा लेखा बिषय पढाउने शिक्षक नै बिधालयमा अनुपस्थित हुदा बिधार्थिहरु अन्तिम परिक्षको बेला मर्कामा परेको बताउछन् ।


शिक्षक जस्तो मान्छे बिधार्थिको भविष्य हेर्नु पर्ने बेलामा आफु वडा अध्यक्षको दावी गरि चुनावि माहोलमा हिड्दा बिधार्थिले अन्तिम परिक्षमा के लेख्ने होर खोई ।
शिक्षकले राजनिति गर्न नहुने कुरा त सबैलाइ जानकारि नै भएको कुरा हो तर कृष्णा गोपाल मा।बि।का शिक्षकलाइ किना कोहि कसैले रोकेनन् त अब शिक्षक नै राजनितीमा लागेपछि बिधार्थिको हालत कस्तो होला त अब । बैशाख २ गतेबाट सम्पुर्ण बिधालयहरुमा अन्तिम परिक्षा सञचालन हुदै छ ।
तर कृष्णा गोपाल मा।वि।का लेखा विषय पढाउने शिक्षकलाई भने बिधार्थिको भन्दा पनि वडा अध्यक्ष कसरि जित्ने भन्नेमा चिन्त रहेको देखिन्छ । बिधालय व्यवस्थापन समितिका अध्यक्ष वोधनाथ तिमल्सीना(कुमार) संग बुझदा आफुलाई आधिकारि रुपमा थाहा नभएको जानकारि दिनु भएको छ ।