काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको तर्क गरेका हुन् ।

उनले उक्त चुनाव सार्ने षडयन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेका छन् । उनले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती दोहो¥याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिए ।

उनले भनेका छन्, ‘यो अपवित्र गठबन्धन, हेर्नुस् त षडयन्त्र, जालझेल, षडयन्त्र गरेर परमादेशी सरकार अहिले पनि चुनाव सार्ने षडयन्त्र गरिरहेका छन् । चुनाव सारेर स्थानीय तह रिक्त गरिदिने । लोकतन्त्र रहन्छ ? लोकतन्त्र समाप्त पारिदिने ।’

उनले थप भनेका छन्, ‘तपाईका काँग्रेसको इतिहासमा एक कोठी कार्यकर्ताले भन्लान्–असल सेवकहरु पाइएको हुनाले पाँचौ पटक प्रधानमन्त्री हुुनुभयो । खेलाडी हुनु भो भनेर उहाँ खेलाडी होइन । अन्तैका खेलाडीहरुले उहाँलाई बनाएको हो । उहाँको रेकर्ड उहाँलाई खेलाउँदै लगेर भडकालोमा हाल्ने रेकर्ड छ । उहाँले देशलाई प्रतिगमनमा पु¥याएको रेकर्ड छ । यसपल्ट हामी चाहन्छौं–शेरबहादुर जीको त्यो खराव रेकर्ड नदोहोरियोस् । उहाँले लोकतन्त्रको निरन्तरताको पक्षमा, लोकतान्त्रिक अभ्यासको पक्षमा उभिनुस् । शेरबहादुर जी चुनाव रोक्ने षडयन्त्रमा लागि सक्नुभयो, मलाई थाहा छ ।’

स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सह्य नहुने बताए । अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दबाब दिए ।

उनले भने, ‘अहिले विप्लवलाई अगाडि सार्नुभएको छ । विप्लवका राजनीतिक कार्यकर्ता रिहा गर, चुनावमा भाग लिने वातावरण बनाऊ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्न मिल्दैन । सार्न पाइदैन । यो देशका हितविरुद्धको षडयन्त्र हुन्छ । यो षडयन्त्र कुनै पनि हालतमा नेपाली जनतालाई मान्य हुन सक्दैन ।’

त्यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् । उनले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई काँग्रेसको पुच्छरको संज्ञा दिए । पुच्छर भएपनि, सिङ भएपनि यिनीहरु खासमा काँग्रेसनै भएको अध्यक्ष ओलीको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय