इकमान लामा, काभ्रे । जिल्लाको तेमाल गाउँपालिका–१ स्थित् सर्स्युखर्कका बालबालिकालाई तामाङ पोसाक वितरण गरेका छन् । सदगुण जागरण नेपालले नयाँ वर्षको अवसरमा आयोजित ‘डहुँन्हान साँस्कृतिक यात्रा’ कार्यक्रमबिच सर्स्युखर्कस्थित् रहेको सदगुण बाल समुहका बालबालिकाहरुलाई तामाङ पोसाक वितरण गरेका हुन् ।

जागरण नेपालका केन्द्रिय अध्यक्ष धनदास तामाङले बाल समुहका ५० जना बालबालिकालाई पोसाक वितरण गरेको जानकारी दिए । उनका अनुसार बालबालिकालाई एक लाख मुल्य बराबरको तामाङ पोसाक वितरण गरिएको हो । कार्यक्रममा बालबालिकालाई बुद्धको फोटो समेत वितरण गरिएको छ ।

 

अध्यक्ष तामाङले गत वर्ष तिहारमा देउसी–भैलोबाट संकलन रकम ४८ हजार रुपैँया र बाँकी सहयोग रकमबाट पोसाक खरिद गरी बालबालिकालाई वितरण गरेको बताए । त्यस्तै बालबालिकालाई वडाभित्रका धार्मिक क्षेत्रको अवलोकनसँगै कस्तो काम गर्दा वा बोल्दा पाप लाग्छ, के गर्दा र कस्तो बोल्दा सबैको मायाँ पाउँछ जस्ता विषयमा प्रशिक्षण समेत दिएको थियो ।

सरस्वती तामाङ आफ्नो जातीको भेषभुषासँग जोडिएको पोसाक पाउँदा निकै खुसी देखिन्थे । उनी जस्तै खुसी देखिएका रश्मि तामाङ र अस्मिता तामाङले जातीय पोसाकमा सजिन पाउँदा धेरै खुसीको अनुभुती गरेको सुनाइन् । यसले आफुहरुले पनि समाजमा केही गरेर देखाउनु पर्छ भन्ने सोच आएको बताइन् । कार्यक्रममा तामाङ पोसक लगाएर उनीहरुमध्ये केहीले नृत्यसमेत प्रस्तुत गरेको थियो ।

आफ्नो समुदायको भाषा, धर्म, संस्कृतिप्रति सानैदेखि सिक्न सकुन् र बालबालिकामा आपसी मेलमिलाप तथा अध्ययन लगयातमा सकारात्मक सोचको विकास होस् भन्ने उद्देश्यले पोसाक वितरण गरिएको आयोजकले जनाइएको छ ।

तेमाल–१ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठका अनुसार वडाभित्र दच्छ्येलीङ ह्युलम्हेन्दो गुम्बा, गोकुलेश्वर महादेव मन्दिर, पञ्चकन्यदेवी मन्दिर लयात १२ वटा ऐतिहासिक गुम्बा तथा मठ मन्दिर रहेको छ । उनले लामा पढ्नेहरुको लागि पनि वडाले सहयोग गरेको बताए ।

काभ्रेको तेमाललाई धार्मिक तथा साँस्कृतिक क्षेत्रको रुपमा चिनिन्छ । त्यस्तै तेमालको राजा रेन्जेन दोर्जेका पालामा सर्स्युखर्कमा जग्गाको कर बुझाउने ठाउँ अर्थात् मलपोत रहेको किंवदन्ती छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय