काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो ।

उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय