काठमाडौं । प्रहरीले कैलालीको जानकी गाउँपालिकाका अर्जुन दासको हत्यामा संलग्नहरूलाई पक्राउ गरेको छ ।महानगरी अपराध महाशाखाको टोलीले दासको हत्या आरोपमा चार जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी–९ का १९ वर्षका मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् । महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट पक्राउ गरी शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको हो ।

टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा पुस ३ मा दासको शव भेटिएको थियो । प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले सीमाबाट पक्राउ गरेको हो । हत्यामा १० जना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय