काठमाडौं । काभ्रे जिल्ला डाँडापारी महाभारत गाउँपालिका वडा नं. १ गोकुले छोटेसाहनको दुबै मृगौला फेल रमित थिङको उपचारको लागि आफन्त तथा सहयोगी दाताहरूले आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावको कारण उपचार गराउन नसकेपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेका हुन् ।विभिन्न व्यक्ति तथा सहयोगी दाताहरुबाट करिब १ लाख ३० हजार ७ सय ५० रुपैयाँ सहयोग प्राप्त भएको रविनका दाइ सविन थिङले जानकारी दिए ।

‘मृगौला पिडित रविन थिङ बचाउ अभियान’ अन्तर्गत व्यक्ति तथा सहयोगी दाताहरुबाट संकलन गरेको सो रकम बिरामी हाल बसोबास गरेको स्थानमा नै पुगेर हस्तान्तरण गरेका हुन । उपचारमा आर्थिक अभाव भएको परिवारले बताएपछि उपचारको लागि ग्लोबल खबरको सहयोगमा समाजसेवीहरुले अभियान सञ्चालन गरेका थिए ।

महाभारत गाउँपालिका वडा नं. १ घर भई हाल दुबईमा रहेको रोशन थिङले संकलन गरि पठाएको रकम ४० हजार १ सय र रोशनको व्यक्तिगत तर्फबाट १५ हजार त्यसैगरी खानीखोला गाउँपालिका घर भई हाल ओमानमा रहेकी रिता स्याङतानले ५ हजार, साउदीमा रहेको विचारमान मोक्तानले संकलन गरेको ३ हजार र व्यक्तिगतबाट १५ हजार, गोकुले माविको तर्फबाट १२ हजार, महाभारत गाउँपालिका २ घर भई हाल जापान रहेको वेदाना योन्जनको तर्फबाट १५ हजार र उनको बुबा तिलक योन्जनले ५ हजार, महाभारत घर भई हाल दुबईमा रहेको कपेन्द्र मोक्तानले ५ हजार र नेपालमै रहेका अविरल मोक्तानले ५ हजार र मीन बहादुर मोक्तानले ४ हजार ५ सय सहयोग गरेका छन् ।

त्यसैगरी महाभारत गाउँपालिका वडा नं. २ घर भई हाल चन्द्रागिरी नगरपालिकामा बसोबास रहेको युवा समाजसेवी बिछोड वाइबा (पाल्साङ) को समन्वयमा संकलन भएको १७ हजार १ सय ५० गरि जम्मा १ लाख ३० हजार ७ सय ५० रुपैयाँ दुबै मृगौला फेल थिङलाई विभिन्न समयमा हस्तान्तरण गरेका छन् ।

‘रमित थिङ बचाउ अभियान’ अन्तर्गत थिङलाई विभिन्न सहयोगी संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिसकेका छन् भने हाल सहयोग आउने क्रम जारी रहेको छ ।उनको उपचारको लागि सहयोग गर्न चाहनेले सनराइज् बैंकमा आमा लक्ष्मीमाया थिङको नाममा रहेको खाता ०१४१०२१४५६३०१००१ मा रकम जम्मा गर्न सक्नु हुनेछ। त्यस्तै पीडितको दाइ भीमबहादुर थिङको मोबाइल नम्बर ९७४०७११६७३, दिदी प्रगति थिङ ९८४०४११०९९, सयहोग रकम जुटाइरहेका आफन्त अमृत लामा ९८४१५०२८९७ र गोविन्द स्याङतान ९८४१८४०३४५ लाई सम्पर्क गर्न सक्नुहुन्छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय