काभ्रे । बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो । बौद्ध तेमाल जात्रा मूल समारोह समितिका अनुसार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको बौद्ध तेमाल जात्रा चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी समापन गरिन्छ ।

बौद्ध तेमाल जात्रामा विभिन्न संघसंस्था, गुठी, क्लबले निशुल्क जुस, पानी वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । त्यस्तै बत्ती बाल्न र पूजा गर्न लामको व्यवस्था गरिएको छ भने बौद्ध परिसरमा तामाङ फापरे व्हाई, डम्फु व्हाई आदिमा नाचगान गरी रमाइ रहेकाहरु पनि उत्तिकै मात्रमा देखिन्छन् ।

विशेषगरी जात्रामा तामाङ समुदायले दिवंगत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमि बत्ती बाल्दै लामा गुरुहरुद्वारा विशेष पूजापाठ ९ङोवा÷मोन्लम० गर्छन् । तर पछिल्लो समय सो अवसरमा गैर तामाङ समुदायले पनि दिवंगत आफन्तको सम्झनामा सरदे गर्ने गरेको छ ।

जात्रा सुरु हुँदाताक तेमाल क्षेत्रका तामाङ मात्र सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको भनाइ छ । अहिले यस जात्रामा काभ्रेसँगै देशभका विभिन्न जिल्लाका तामाङ तथा गैर तामाङ समुदायका मानिस आउँने गर्छन् ।

विभिन्न ११ संघसंस्था, स्थानीय बुद्धिजीवीहरुको संयुक्त रुपमा मुल समारोह समिति बनाई जात्रा आयोजना गरिएको हो । यस जात्रा रहेक वर्ष चैत्र पुर्णिममा मनाउने गर्छन् । शनिबार जात्रा स्वयम्भूमा समापन हुनेछ । सन् १९७९ मा युनेस्कोले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको बौद्धनाथलाई विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो ।

यस्तो छ किम्बदन्ती
तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तूपको जीर्णोद्धारा सम्पन्न भएको खुसीमा तेमाल जात्रा चलाएको किम्वदन्ती रहेको छ । उनले १८९१ असोज २ मा तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ । अहिले सरकारले यस जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ ।

यस स्तूपको गर्भमा काश्यप बुद्धको अस्तुधातु राखिएको छ । चिन्तामणिका प्रतिक मानिने अष्ट मण्डलकारको यो स्तूप नेपाली वास्तुकलाको अनुपम उदाहरण हो । बौद्ध मार्गीले यस स्तुपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्छन् ।

तस्वीरः इकमान लामा

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय