काभ्रे /महाभारत । नेकपा एमालेबाट जननिर्वाचित भएका काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका सबै जनप्रतिनिधिहरु माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पाटीमा आफूहरुको समर्थन रहेको भन्दै सोमबार जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित महाभारत गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष टंक बहादुर आलेको नेतृत्वमा सोही गाउँपालिका नेकपा एमालेबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधीहरुले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेको छन् ।

महाभारत गाउँपालिकाको वडा अध्यक्ष सहित सबै जनप्रतिनिधिहरु जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गरेका हो । सनाखत गर्नेहरुका वडा टंक बहादुर आले, वडा सदस्यहरु तुल बहादुर अस्तानी र चन्दमान गोले र वडा महिला सदस्य निरमाया वाइबा रहेका छन् । आठ वटा वडाहरु रहेको महाभारत गाउँपालिकामा ४ वटा वडामा माओवादी ,३ वटा वडामा काँग्रेस र एउटा वडामा एमालेले बिजयी भएकोमा सबै जनप्रतिनिधिरु अहिले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गतिविधिका कारण केन्द्रमा वरिष्ठ नेता माधब नेपालको नेतृत्वमा नयाँ पाटी दर्ता गरेपछि हामी पनि केपी ओलीको अहंकारका विरुद्व नयाँ पार्टीमा उभिएको वडा अध्यक्ष टंक बहादुर आलेले बताए। सबै जनप्रतिनिधिहरुले सनाखत गरेको बताउँदै उहाँले भन्नुभयो , “महाभारत गाउँपालिका भित्र नेकपा एमाले भन्दा नेकपा एकिकृत समाजवाद पार्टी बलियो हुने छ ।

निर्वाचन कार्यालयमा आलेको सातमा मण्डनदेउपुर नगर पालिकाका प्रमुख टोकबहादुर वाइवा लगायतका जिल्लास्थित नेता कार्यकर्ताहरुको पनि साथ र समर्थन रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय