काभ्रेपलाञ्चोक । जिल्लाको धुलिखेलमा रहेको धुलिखेल अस्पतालबाट नै पहिलोपटक स्तनमा हुने क्यान्सर सम्बन्धी उपचारको लागि म्यामोग्राम मेशिनबाट परीक्षण गर्ने सेवा सुरु भएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी चिकित्सकको टोलीले पछिल्लो एक महिनामा म्यामोग्राफीको माध्यमबाट धुलिखेल अस्पतालमा ३२ जना महिलाको स्तन परीक्षण गरिएको जानकारी गराएको हो । उनीहरुका अनुसार परीक्षण गरिएका मध्ये दुई जना महिलामा स्तन क्यान्सर देखिएको छ ।

सामान्य देखिएका महिलाहरुमा समेत स्तनमा क्यान्सर भइसकेको हुने भएकाले सबै उमेर समूहका महिलाहरूले एक पटक स्तन परीक्षण गर्नु जरुरी रहेको धुलिखेल अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर सुनिला शाक्यले बताए । केही नभएका महिलाहरूले पनि ४० वर्ष कटिसकेपछि एक पटक म्यामोग्राफी गर्नु पर्ने डा शाक्य बताउँछन् ।

समयमै उपचार गरेको खण्डमा स्तनको क्यान्सर शतप्रतिशत निको हुने रेडियोलोजिस्ट डा. रामचन्द्र पौडेलले बताए । यस्तै धुलिखेल अस्पतालले रोग लागिसके पछि उपचार गर्ने भन्दा पनि रोग लाग्नै नदिन सचेत गराउने उद्देश्यले म्यामग्राफी सेवा शुरु गरिएको स्त्री रोग विशेषज्ञ प्रा.डा. सुमन ताम्राकारले बताए ।

निजी स्वास्थ्य संस्थामा धेरै पैसा लिने गरेको भएपनि बिमा भएका व्यक्तिहरूलाई धुलिखेल अस्पतालले निःशुल्क सेवा दिएको छ भने बिमा नहुने महिलाहरूका लागि १ हजार ७ सय ५० रुपैयाँ लिने गरेको छ ।

स्तन क्यान्सर भएको पहिलो अवस्था भए मात्रै उपचार सम्भव भएकाले महिलाहरूले अनिवार्य एकपटक स्तन परीक्षण गराउनु आवश्यक छ । पछिल्लो समय नेपालमा स्तन र पाठेघरको क्यान्सर भएका महिलाहरूको सङ्ख्या धेरै छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय