काभ्रे । तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा रहेको बौद्ध तेमाल जात्रा सकिएको छ । बौद्ध तेमाल जात्रा मूल समारोह समितिका अनुसार बौद्धमा पूजापाठ गरी सुरु भएको जात्रा स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी समापन भएको हो ।

विशेषगरी जात्रामा तामाङ समुदायले बौद्ध महास्तूपमा लामा गुरुहरुद्वारा विशेष पूजापाठ ङोवा/मोन्लम गरी दिवंगत आफन्तको चीरशान्तिका लागि छ्योमि बत्ती बाल्ने गर्छन् ।

जात्रामा काभ्रेसँगै देशभका विभिन्न जिल्लाका तामाङ तथा गैर तामाङ समुदायका मानिस आउँने गर्छन् । विभिन्न ११ संघसंस्था, स्थानीय बुद्धिजीवीहरुको संयुक्त रुपमा मुल समारोह समिति बनाई जात्रा आयोजना गरिएको हो ।

यस्तो छ किम्बदन्ती
तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तूपको जीर्णोद्धारा सम्पन्न भएको खुसीमा तेमाल जात्रा चलाएको किम्वदन्ती रहेको छ । उनले १८९१ असोज २ मा तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ । अहिले सरकारले यस जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ ।

यस स्तूपको गर्भमा काश्यप बुद्धको अस्तुधातु राखिएको छ । चिन्तामणिका प्रतिक मानिने अष्ट मण्डलकारको यो स्तूप नेपाली वास्तुकलाको अनुपम उदाहरण हो । बौद्ध मार्गीले यस स्तुपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्छन् ।

अर्को बौद्ध किम्बदन्ती अनुसार सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेका थिए ।

सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन छ । यसरी विपश्वी बुद्धले कमलको बिज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ ।

तस्वीरः इकमान लामा

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय