काभ्रेपलाञ्चोक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काभ्रेपलाञ्चोक जिल्ला समितिले आफ्ना केन्द्रीय प्रतिनिधि सदस्य राजेन्द्र तामाङ ‘सी’लाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

माओवादी काभ्रेपलाञ्चोक जिल्ला समितिले जारी गरेको प्रेस विज्ञप्तिमा राजेन्द्र सीलाई इलाका प्रहरी कार्यालय बनेपाले पार्टी जिल्ला कमिटीको बैठक सकेर निस्किँदै गर्दा बनेपाबाट बिना कारण पक्राउ गरी हिरासतमा लिएको उल्लेख गरिएको छ। घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा फरक राजनीतिक आस्थाकै आधारमा राज्यले करिब १० वर्षदेखि आफ्ना कार्यकर्तालाई अनावश्यक दुःख दिँदै आएको आरोप लगाइएको छ। तत्कालीन सरकार र पार्टीबीच २०७७ सालमा तीनबुँदे सम्झौता भए पनि त्यसको कार्यान्वयनमा राज्य पक्ष इमानदार नभएको माओवादीको भनाइ छ।

माओवादीले उक्त तीनबुँदे सम्झौताप्रति राज्य इमानदार बन्नुपर्ने अपेक्षा राख्दै आएको जनाएको छ। तर, किरण लामा लगायतका केही कार्यकर्ता अझै जेलमा रहेको भन्दै राज्यबाट पक्राउ गर्ने क्रमसमेत जारी रहेको आरोप लगाइएको छ।

राज्यका यस्ता गतिविधिप्रति आपत्ति जनाउँदै पक्राउ परेका कामरेड राजेन्द्र सीलाई कुनै शर्तबिना तत्काल रिहा गर्न माओवादी काभ्रेपलाञ्चोक जिल्ला समितिले माग गरेको छ।

विज्ञप्तिको अन्त्यमा “क्रान्तिकारी अभिवादन सहित लाल सलाम !” उल्लेख गर्दै जिल्ला समितिका इन्चार्ज क. जित सी र सेक्रेटरी क. परिवेश सीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय