झापा । झापा जिल्ला पाँचगाछी–४, बोलोचोक निवासी, बोलोचोक विकास समितिका अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका आजीवन सदस्य तथा गीतकार प्रो. डा. धर्मेन्द्र कुमार शाहले आफ्नो जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै आउनुभएको छ।

जन्मदिनको अवसरमा प्रो. डा. शाहले शंखरापुर नगरपालिका–६ स्थित द्वन्द्वपीडित तथा अपाङ्ग समाजमा आश्रित बालबालिकाको पालनपोषणमा सहयोग पुग्ने उद्देश्यले एक छाक खानाका लागि आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ।

२०७६ सालदेखि जन्मदिनमा अनावश्यक खर्च नगरी सामाजिक तथा रचनात्मक कार्यमा सहयोग गर्ने अभियान सञ्चालन गर्दै आउनुभएका डा. शाहले जन्मदिनको अवसरमा फजुल खर्च नगरी सक्दो सामाजिक कार्यमा हातेमालो गर्न सबैलाई आग्रह गर्नुभएको छ।

प्रो. डा. शाहले झापाका विभिन्न विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्नुका साथै देशका विभिन्न जिल्लामा सञ्चालित बालआश्रमलाई शैक्षिक सामग्री तथा आवश्यक खाद्यान्न सहयोग गर्दै आउनुभएको छ। त्यस्तै, चेपाङ, वनकरियालगायत समुदाय तथा काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न आश्रममा समेत शैक्षिक सामग्री र खाद्यान्न सहयोग गर्दै आउनुभएको छ।

मानवसेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका प्रो. डा. शाहले यूएईमा अन्तर्राष्ट्रिय सामाजिक अवार्ड प्राप्त गर्नुभएको छ भने विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्डसमेत हात पारिसक्नुभएको छ। सामाजिक सेवासँगै साहित्य तथा संगीत क्षेत्रमा समेत सक्रिय उहाँका विभिन्न सिर्जनाले चर्चा पाएका छन्।

जन्मदिनको अवसरमा मानवसेवाका क्षेत्रमा सहयोग गर्न पाउँदा आफूलाई आत्मिक सन्तुष्टि मिल्ने डा. शाहको भनाइ छ। उहाँले मानवसेवा नै मुख्य धर्म भएको उल्लेख गर्दै असहाय तथा अभिभावकविहीन बालबालिका, आमाबुवा तथा दिदीबहिनीलाई सहयोग गर्नु नै साँचो अर्थमा पुण्य कमाउनु भएको बताउनुभएको छ।

प्रो. डा. शाह विभिन्न सामाजिक संस्थासँग आबद्ध बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। सामाजिक सेवा, साहित्य, संगीत तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर सक्रिय उहाँलाई सहयोगी मनका धनी सामाजिक व्यक्तित्वका रूपमा समेत चिनिन्छ।

जन्मोत्सवलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवाको अवसर बनाउने डा. शाहको अभियानले ‘खुसी बाँडौँ, सेवा गरौँ’ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय