रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर बग्न थालेपछि नेपालतर्फको तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर खतरा उत्पन्न भएको भन्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरेर चेतावनी दिएको हो ।

प्रहरीले एक आपतकालीन चेतावनी जारी गर्दै भोटेकोशी र त्रिशुली नदी किनार र जोखिमपूर्ण क्षेत्रमा रहेका सबैलाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। रसुवामा वस्तुस्थिति नियन्त्रण र समन्वयका लागि खटिभएका एसएसपी दीप शमशेर जबराले ड्याम फुटेको खबरसँगै उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई कार्य रोकी तत्काल सुरक्षित स्थानतर्फ जान भनिएको बताए ।

बुधबारको भीषण पहिरोपछि बनेको यो ड्याममा पानीको सतह ओभरफ्लो भइरहेको अवस्थामा पुनः फुट्न पुग्दा भोटेकोशी र त्रिशूली नदीमा आकस्मिक बाढी आउने सम्भावना बढेको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय