काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाबिच भेटवार्ता भएको छ ।

भोटेकोशी बाढी र तीन तहका सरकारबिच समन्वय अभाव देखिएको टिप्पणी भइरहेका बेला मुख्यमन्त्री थापाले सत्तारुढ दल रास्वपा सभापति लामिछानेलाई भेटेका हुन् ।

आइतबार रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटवार्तामा मुख्यमन्त्री थापाले तीन तहका सरकारबिच समन्वय हुन नसकेको भन्दै त्यसका लागि पहल गर्न आग्रह गरे ।

त्यसक्रममा उनले समन्वय अभावमा प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको भन्दै प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा दुखेसो गरेका छन् ।

तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेको भन्दै मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्‍याउन असहज भएको जानकारी गराएका छन् ।

लामिछानेसँगको भेटमा थापाले जलवायु परिवर्तनको असर लामो भएकाले खोला किनारका बस्तीहरू स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता भएको जनाएका छन् ।

भेटमा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिए । ‘यो समयमा सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ’, लामिछानेको भनाई उद्धृत गर्दै मुख्यमन्त्री थापाले भने, ‘सङ्घीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता म गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय