काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा एक शिक्षकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ७ स्थित स्थानीय सूर्य माध्यमिक विद्यालयका ३९ वर्षीय राहत कोटाका शिक्षक भानुभक्त राईको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार गत भदौ ११ गते राति करिब ११ः४५ बजे साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न आएका शिक्षक राईलाई पुरानो विवादका कारण समूहमा आएका व्यक्तिहरूले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका राईको मृत्यु भएको मौखिक जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले भदौ १२ गते ११ जनालाई नियन्त्रणमा लिएको बुधबार जानकारी दिएको हो । पक्राउ पर्नेहरू सबै खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका–७ का बासिन्दा हुन् । पक्राउ पर्नेमा ६ जना पुरुष र ५ जना महिला रहेका छन् ।

पक्राउ पर्नेहरू :
१. २१ वर्षीय प्रवेश भन्ने सागर कोयी राई
२. २१ वर्षीय मौली भन्ने प्रतिक राई
३. २५ वर्षीय माईकल भन्ने निशान राई
४. २३ वर्षीय सुशील राई
५. ३२ वर्षीय शेर बहादुर भन्ने अमर राई
६. ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई
७. ३५ वर्षीया तारादेवी राई
८. ४८ वर्षीया सुमिता राई
९. ४३ वर्षीया तेज कुमारी राई
१०. १९ वर्षीया देविका राई
११. २० वर्षीया चन्द्रकला राई

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार पक्राउ परेका सबैलाई भोजपुर जिल्ला अदालतबाट आइतबार ५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय