महाभारत, काभ्रे । जिल्लाको महाभारत गाउँपालिका–७ स्थित् केराबारीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ ।

मंगलबार साँझ करिब ८ः३० बजेतिर परेको चट्याङले लागेर स्थानीय डिलबहादुर मुक्तानको कान्छी छोरी १६ बर्षिय कान्छीमाया मुक्तानको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय देवीटारले चट्याङ लागेर दुई जना घाइते भएको र जसमा मृतककी आमा सञ्चमाया मुक्तान र मामा बुद्ध घलान रहेको जनाइएको छ ।

स्थानीय वकिल स्याङ्तानले पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा मुक्तानको मृत्यु भएकोे जानकारी दिए । उनले चट्याङले एक वटा भैसी समेत मरेको र घरको जस्ता, सोलार, गोठ आदिमा क्षति पुगेको बताए ।

उनले चट्याङ लघु जलविद्युतको लाइनबाट गोठ हुँदै घरमा पुगेको देखिएको सुनाए । उनका अनुसार घरभित्र चट्याङको कारण ठुलो खडलसमेत बनेको छ ।

घट्नाबारे सुचना पाएसँगै सो स्थान तर्फ प्रहरी टोली गइरहेको प्रहरीले जनाइएको छ । घट्ना स्थल प्रहरी कार्यालयदेखि करिब दुई घण्टाको दुरीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय