काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा सशस्त्रको ८ सय जनशक्ति परिचालन

यसैगरी प्रधान कार्यालय बाट खानेपानीको लागि ट्याङ्कर सहितको टोली पनि राती देखिनै खटाइएको छ । पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोर सहितको उद्धार टोली स्ट्याण्डबाई राखिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

तीज अवधिभर अवाञ्छित गतिविधि निगरानी गर्न मन्दिर परिसर र वरिपरिको क्षेत्रमा सादा पोसाकमा पनि सशस्त्रका सुरक्षाकर्मी परिचालन गरिएको छ । तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी मन्दिर, विश्वरुपा मन्दिर , गौरीघाट लगायतको क्षेत्रमा समेत आवश्यक शान्ति सुरक्षाका लागि गस्ती बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले पनि मन्दिर परिसरमा कमान्डपोस्ट स्थापना गरेको छ ।

नेपाल प्रहरीले तीजको सुरक्षाको लागी २५ सय प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय