महाभारत, काभ्रे । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा काभ्रे जिल्लाको डाँडापारी महाभारत गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अब पालिका अध्यक्षको हुने हो भन्ने चर्चा र बहस हुन थालेको छ ।
महाभारत गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । महाभारतको ४ वटा वडामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो । नेपाली कांग्रेसले ३ वडा जितेको थियो भने नेकपा एमालेले १ वडाअध्यक्ष जितेको थियो ।
अब करिब २५ दिन पछि नेपालका ७५३ वटा स्थानीय तह मध्य कतिमा नयाँ अनुहारले नेतृत्व गर्ने छन् त, कति स्थानीय तहमा पुरानै अनुहार दोहोरीने छन् । गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कान्छा लाल जिम्बा (संसार)ले २ हजार ३ सय ४२ मत ल्याउँदै पालिका प्रमुख पदमा निर्वाचित भएका थिए । यस्तै,नेपाली काँग्रेसले २ हजार २३६ मत र एमालेले १ हजार २५० मत ल्याएका थिए ।
नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षका संम्भाबित उम्मेद्धार
१.कान्छालाल जिम्बा (संसार)
नेकपा माओवादी केन्द्रका युवा नेता कान्छालाल जिम्बा (संसार) हाल बहालवाल गाउँपालिका अध्यक्ष हुन् । जिम्बा पालिका अध्यक्ष पुनः दोहोरी सम्भावना रहेको चर्चा चल्ने गरेको छ । ५ बर्ष कार्यकालमा पुर्ण सफल रहेको छ ।गाउँपालिकाको पहिलो अध्यक्ष जित हासिल गरेकै कारण गाउँपालिकाको अध्यक्षको लागि अहिलेकाे चुनावमा पनि उमेदवार दिने सम्भावना देखिन्छ । सरल र निकै मिझाशिला स्वभाव हुनुभएका जिम्बा नेकपा माओवादीले बाट चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएपनि उहाँ अहिले सबैका प्रिय बन्न सफल हुनुभएको छ । यति जनताको सेवामा खटिने, विकास प्रेमी भएकोले फेरि गाउँपालिका अध्यक्षको लागि पुनः जिम्बा अगाडि सार्ने सम्भावना बलियो देखिन्छ ।
२.सुजन लामा
महाभारत गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट यो पटकको गाउँपालिका अध्यक्ष उम्मेदवार बन्ने सम्भावना उच्च देखिन्छ । सामाजिक सेवामा आफ्नो पहिचान बनाउनु भएका लामा माओवादी केन्द्रका कुशल नेता मानिनुहुन्छ । हरेक कार्यमा जनतासंग प्रत्यक्ष जोडिएर काम गरेकै कारण उहाँ स्थानीय स्तरमा सबै राजनैनिक दलका कार्यकर्ता बीच लोकप्रिय बन्नु भएको छ । पालिकामा खुलेर कुनै राजनैतिक दलको समर्थन नगर्ने जनताको मन जितेर चुनाव जित्ने रणनीति तय उम्मेदवारको रूपमा उहाँलाई अगाडि बढाउने चर्चा चलेको पाइन्छ । महाभारत गाउँपालिकाबाट एक मात्रै बागमती प्रदेश कमिटीको सदस्य रहनु भएका लामा माओवादी केन्द्र गाउँपालिका इन्चार्ज समेत हुनुहुन्छ ।
३. अमर बहादुर अस्तानी (रिजन)
नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिका सचिव अमर बहादुर अस्तानी (रिजन) यसपटकको स्थानीय चुनावमा गाउँपालिका अध्यक्षको उम्मेदवारीको चर्चामा हुनुहुन्छ । हरेक जनताको सेवामा खटिनु भएका मगर जनताको सेवकको पहिचान बनेकै कारण पालिका अध्यक्षमा चुनाव जित्ने सम्भावना बलियो देखिन्छ । भद्र र शालिन स्वभाव भएको मगर यो पटकको चुनावको लागि महाभारत गाउँपालिकामा अध्यक्ष उम्मेदवारको सम्भावना देखिन्छ ।
४. असली लामा
नेकपा माओवादी केन्द्रमा महाभारत गाउँपालिकाको कोषाध्यक्ष भएसँगै राजनैतिक क्षेत्रमा सक्रिय ढङ्गले उदाएकी असली लामा माओवादी केन्द्रमा गाउँपालिका अध्यक्षमा अगाडि सार्ने बलियो सम्भावना देखिन्छ । महिला नेतृत्वलाई अगाडि बढाउने सबलमा पनि उहाँको सम्भावना बलियो देखिएको हो । २०७४ को चुनावमा उपाध्यक्षमा दाबीसमेत गरेको लामाले यसपटक अध्यक्षमा दाबी गर्ने सम्भावना देखिन्छ ।