काभ्रे । नेकपा खानीखोला गाउँपालिका शहर क्षेत्र सम्पर्क समन्वय समितिको भेला तथा कार्यक्रम भोलि (असोज ३ गते) बनेपामा आयोजना हुने भएको छ।

संविधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा खानीखोलाबाट बनेपा, पनौती, धुलिखेल, भक्तपुर तथा काठमाडौंलगायत शहरी क्षेत्रमा बसोबास गर्दै आएका पार्टीसम्बद्ध नेता–कार्यकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। पुन हाल प्रतिनिधिसभा रोल्पा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका सांसद छन्।

भेलामा नेकपाका केन्द्रीय सदस्य, बागमती प्रदेश सदस्य, काभ्रे जिल्ला कमिटीका सदस्य तथा खानीखोला गाउँपालिका तहका नेता–कार्यकर्ताको सहभागिता रहने जनाइएको छ। कार्यक्रममा कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहनेछ।

खानीखोला गाउँपालिकाबाट शहरी क्षेत्रमा बसोबास तथा रोजगारी गर्दै आएका बनेपा, पनौती, धुलिखेल, भक्तपुर र काठमाडौंलगायत क्षेत्रका स्थानीयलाई कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।

कार्यक्रम असोज ३ गते बिहान १० बजेबाट बनेपा पार्टी भेन्यु, चैतन्य रोड, बनेपामा सुरु हुने जनाइएको छ। कार्यक्रमको आयोजना नेपाली कम्युनिष्ट पार्टी, खानीखोला शहरी क्षेत्र सम्पर्क समन्वय समिति, काभ्रेले गरेको हो।

खानीखोलामा संगठन विस्तार तथा शहरी क्षेत्रमा रहेका पार्टीसम्बद्ध नेता–कार्यकर्ताबीच समन्वयका लागि विभिन्न सम्पर्क समिति तथा भेला आयोजना हुँदै आएका छन्। यसअघि पनि खानीखोलाका विभिन्न वडाका सम्पर्क समितिसम्बन्धी कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरू सहभागी भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय