सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–५, अर्चलेकी करिब ६५ वर्षीया तिउरी माया दोङको खोलाले बगाउँदा मृत्यु भएको छ।
अर्चले निवासी लालबहादुर दोङकी श्रीमती तिउरी माया दोङ हिजो बेलुकी रामपुर बजारबाट घर फर्किने क्रममा अर्चले कुहिनास्थित रामपुर खोलाले बगाएको बताइएको छ।


खोलाले बगाएको करिब एक किलोमिटर तल उनको शव मृत अवस्थामा फेला परेको हो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।










