काभ्रे । नेपाली कांग्रेस महाभारत गाउँपालिकाको सभापतिमा सागर मोक्तान निर्वाचित भएका छन्। बुधबार देविटारमा सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मोक्तान सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन्।

महाधिवेशनबाट महिला उपसभापतिमा रश्मि श्रेष्ठ र उपसभापतिमा नरेश थिङ निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा कमल वाइबा तथा सहसचिवमा बालकुमार अस्तानी मगर निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरूमा कल्पना थिङ, प्रासन्न वाइबा, टेक लामा, सबिता सार्की, शान्त मोक्तान, ग्याम्जो वाइबा, मैली माया भोम्जन, वीरमान भोम्जन, शोभामाया घलान, दावा डोल्मा वाइबा, निराज वाइबा, समीर वाइबा, अनितामाया योन्जन, झलक राना, चन्द्रबहादुर बर्दायनी, आर्जन थिङ, नानीमाया मोक्तान, सीतामाया विक र राधिका लम्सिङ मगर निर्वाचित भएका छन्।

नवनिर्वाचित सभापति मोक्तानसहितको नयाँ कार्यसमितिले महाभारत गाउँपालिकामा नेपाली कांग्रेसको संगठन विस्तार तथा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय