काभ्रे । रुखबाट लडेर गम्भीर घाइते भएर धुलिखेल अस्पतालमा उपचाररत काभ्रे, डाँडापारी महाभारत गाउँपालिका–२ अम्बलबासकी ठुलीमाया वाइबाको उपचार गर्न ५० हजार रुपैयाँ भन्दाबढी सहयोग जुटेको छ ।

यही बैशाख ५ गते रुखबाट खसेकी ४२ वर्षीय ठुलीमाया वाइबाको दुवै हात र पाँच वटा कराङ भाँचेको अस्पतालले जनाइएको छ । दुवै हात र पाँच वटा कराङको अपरेसन तथा उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो ।

नेपाली कांग्रेस काभ्रेको पुर्व क्षेत्रीय कोषाध्यक्ष ज्ञान बहादुर स्याङतान (ज्ञानेन्द्र) र युवा नेता तथा तरुण दल बागमती प्रदेश विभाग सदस्य तथा प्रदेश प्रतिनिधि विकास योन्जनको अगुवाइमा विकास योन्जनले १५ हजार, ज्ञान बहादुर स्याङतान (ज्ञानेन्द्र) ले १३ हजार ५ सय,सागर मोक्तानले १० हजार, हेमलाल योन्जन ५ हजार,मान बहादुर योन्जन ५ हजार, यमध्वज थोकर ५ हजार, धन बहादुर मोक्तान ३ हजार ,साइला योन्जन १ हजार ५ सय,रुद्र योन्जन १ हजार, सते योन्जन १ हजार र बाबुलाल योन्जनले ५ सय गरि रु ६० हजार ५ सय वाइबाको परिवारलाई हस्तान्तरण गरिएको छ ।

अस्पतालमा अप्रेसन तथा औषधोपचारमा रकम आवश्यक परेपछि संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको र अभियानलाई निरन्तरता दिने नेपाली कांग्रेस काभ्रेको पुर्व क्षेत्रीय कोषाध्यक्ष ज्ञान बहादुर स्याङतान (ज्ञानेन्द्र)ले जानकारी दिए ।

संकलित रकम बुधबार उपचाररत वाइबालाई अस्पतालमै पुगेर नेपाली कांग्रेस काभ्रेको पुर्व क्षेत्रीय कोषाध्यक्ष ज्ञान बहादुर स्याङतान (ज्ञानेन्द्र) सहितको नेपाली कांग्रेसको टोलीले हस्तान्तरण गरेका थिए । भने युवा नेता तथा तरुण दल बागमती प्रदेश विभाग सदस्य तथा प्रदेश प्रतिनिधि विकास योन्जन मंगलबार नै हस्तान्तरण गरिसकेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय