काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित भएकी छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा भण्डारीको नाम प्रस्ताव गरिएको हो । बैठकले उक्त प्रस्ताव अनुमोदन गर्दैछ ।


२०८३ जेठ ३ गतेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता खुलाउने निर्णय गरेको थियो ।
नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो ।










