काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रे प्रतिनिधिसभा क्षेत्र नं। १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा १० जना निर्वाचित भएका छन्।
निर्वाचित हुनेमा तीर्थ लामा, गुणराज मोक्तान, दिनेश लामा, गणेश लामा, जगन्नाथ गिरी, सार्किमान बल, रोशन तामाङ, भोला भट्टराई, मुके लामा र ज्ञानबहादुर तामाङ रहेका छन्।


मतपरिणामअनुसार तीर्थ लामाले सर्वाधिक १ हजार ५१४ मत प्राप्त गरेका छन्। त्यसैगरी गुणराज मोक्तानले १ हजार ४८६, दिनेश लामाले १ हजार ४३६, गणेश लामाले १ हजार ४१४ र जगन्नाथ गिरीले १ हजार ३६३ मत प्राप्त गरेका छन्।
त्यस्तै, सार्किमान बलले १ हजार ३३३, रोशन तामाङले १ हजार ३२६, भोला भट्टराईले १ हजार ३२४, मुके लामाले १ हजार ३०० र ज्ञानबहादुर तामाङले १ हजार १९९ मत प्राप्त गरेका छन्।
यससँगै काभ्रे–१ बाट निर्वाचित १० जना प्रतिनिधिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा सहभागिता जनाउनेछन्।










