नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्र अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयको निर्णय हुने बताएका छन् ।

बिहीवार धनगढी विमानस्थलमा प्रत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘यो विषय सुरुदेखि नै गभर्नर र सरकारबीचमा समस्याका रुपमा देखिएकै हो। अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो सल्लाह लिएको भन्ने कुरा पनि प्रष्ट भएको छ। १३ गते अदालतले दुवैलाई बोलाएको छ। त्यसपछि मात्र वास्तमा के भएको हो भन्न सकिन्छ। अहिलै सकिदैन।’

चैत ४ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाएको छ। सर्वोच अदालतले गर्भनर अधिकारी र सरकारी पक्षलाई १३ गते अदालतमा बोलाएको छ।

उनले वैशाख ३० गते नै निर्वाचन हुने बताएका हुन् हो। उनले भने,‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए। हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुंगो लागिसकेको छ। अब त केही दोधार छैन होला।’

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय