कैलाली । बृहत् ध्रुवीकरण अभियान अन्तर्गत कैलाली जिल्लाका हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिहिबार कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरु केन्द्रमा प्रवेश गरेका हुन् ।

चुनावको निकटतासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको व्यस्तता निकै बढेको छ । उनले माओवादी केन्द्र २०६४ सालकै अवस्थामा फर्कन लागेको भन्दै दिनहुँ विभिन्न पार्टी परित्याग गरेर माओवादी प्रवेश गर्नेहरुलाई स्वागत गरिरहेका छन् । अध्यक्षले माओवादी केन्द्रमा गोलबन्ध हुने क्रम तीब्र हुने बताउने गरेका छन्।

मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट जनता समाजवादी पार्टीबाट १७ सय बढी नेता तथा कार्यकर्ता, विप्लव नेतृत्वको नेकपाबाट दुई सयजना तथा नेकपा एमालेबाट तीन सय नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । जनता समाजवादीका प्रदेश अध्यक्ष कृष्ण चौधरी यसअघि नै माओवादीमा प्रवेश गरेका थिए ।

जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरुको ठुलो संख्या माओवादी केन्द्रमा धुब्रीकृत भएका हुन् । उनीहरुलाई भव्य समारोहकाबीच अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन् । प्रवेश गर्नेहरुमा कैलाली र कञ्चनपुर जिल्लाबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । कैलाली जिल्लाको मसुरियामा आयोजना गरिएको कार्यक्रममा दस हजार बढी जनताको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय