काभ्रे । नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेपलाञ्चोकले ‘ऐतिहासिक एकता बैठक’ आयोजना गर्ने भएको छ।

जिल्ला समितिका अनुसार असोज १७ गते शनिबार बिहान १०ः३० बजे धुलिखेल नगरपालिका सभाहलमा बैठक आयोजना हुनेछ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यता तथा सह–संयोजक माधवकुमार नेपालको विशेष आतिथ्यता रहने आयोजकले जनाएको छ।

त्यस्तै, बागमती प्रदेश इन्चार्ज डा. गंगालाल तुलाधर र प्रदेश संयोजक सरल सहयात्रीलगायतका नेताहरूको समेत सहभागिता रहने बताइएको छ।

बैठकमा केन्द्रीय समिति सदस्य, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, प्रदेश समिति तथा सल्लाहकार समिति, जिल्ला समिति, पालिका तथा वडा समितिका पदाधिकारी तथा जिम्मेवार सदस्यहरूको सहभागिता रहनेछ।

जिल्ला समितिले सम्बन्धित सबै नेता तथा कार्यकर्तालाई पार्टी सदस्यता नवीकरण गरी तोकिएको जिम्मेवारीसहित बैठकमा उपस्थित हुन आग्रह गरेको छ।

आयोजकले बैठकमा सहभागी भई ‘ऐतिहासिक एकता बैठक’ सफल बनाउन सबैलाई आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय