काठमाडौं । जापानमा सम्पन्न २०औँ एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

थाइ एयरमार्फत नेपाली टोली बुधबार दिउँसो काठमाडौं आइपुगेको हो । दुई दिनअघि नै स्वदेश फर्किने तालिका रहे पनि थाइल्यान्डमा आएको बाढीका कारण उडान प्रभावित भएपछि टोली त्यहीँ रोकिएको थियो ।

काठमाडौं विमानस्थलमा टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहतासहितको टोलीले स्वागत गरेको थियो ।

एसियन गेम्समा नेपालले थाइल्यान्ड र श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले कांस्य पदकमा चित्त बुझाएको हो ।

नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियन गेम्समा कांस्य पदक जितेको हो । यसअघि चीनमा सम्पन्न १९औँ एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय