•अमृत योन्जन
महाभारत, काभ्रे । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काभ्रेको महाभारत गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को अध्यक्ष र उपाध्यक्ष पदको लागि पाँच/पाँच जनाको नाम सिफारिस भएको छ । माओवादी केन्द्र महाभारत गाउँपालिका कमिटीले दुबै पदको लागि पाँच/पाँच जनाको नाम सिफारिस गरेको हो ।

माओवादी केन्द्र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार) अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक तालमेलको ढोका खुला राख्दै अध्यक्ष पदमा बागमती प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज सुजन लामा, अध्यक्ष कान्छालाल जिम्बा (संसार), सचिव अमरबहादुर अस्तानी (रिजन) , युवा नेताहरु ङेमसाङ योन्जन (प्रदिप) र आत्माराम लामाको नाम सिफारिस गरेको हो ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्र महाभारत गाउँपालिका कमिटी कोषाध्यक्ष असलिमाया लामा, ठगुमाया आले, दिर्जा वाइबा, पदममाया लुङ्गेलि र देवि जर्गा मगरलाई सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ ।

वडा अध्यक्षमा सिफारिस तथा सर्वसम्मत

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको वडा कमिटीहरुले वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । केही वडामा भने एक भन्दा बढी उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

वडा कमिटीको बैठकबाट वडा अध्यक्षमा सिफारिस तथा सर्वसम्मत गरेर पठाएको नाम १ नम्बर वडामा कान्छामान जिम्बा(रोहित ) सर्वसम्मत, २ नम्बर वडामा मीन बहादुर वाइबा, भिम गोले र नरबहादुर बल सिफारिस, ३ नम्बर वडामा उत्तरमान जिम्बा सर्वसम्मत, ४ नम्बर वडामा विशाल मोक्तान सर्वसम्मत, ५ नम्बर वडामा विजय राना मगर र उदय लामाको सिफारिस, ६ नम्बर वडामा रमेश लुङ्गेली मगर सर्वसम्मत, ७ नम्बर वडामा जोग लामा र कान्छाराम लामा सिफारिस र ८ नम्बर वडामा लालमान सिङतान, नन्दलाल राना र मुस्कान मोक्तानको सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय