काभ्रे । जिल्लाको महाभारत गाउँपालिकामा नेकपा (एमाले) फुटको संघारमा पुगेको छ । एमाले महाभारत गाउँ कमिटिले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडाअध्यक्षका उम्मेदवार समेत तोकिसकेको अवस्थामा एमाले महाभारतका २५ प्रतिशात भन्दा बढी नेता कर्याकर्ताभने पार्टी छाड्ने तयारीमा रहेका छन् ।

महाभारत एमालेका एक नेताका अनुसार उम्मेदवार चयन लगायतमा असन्तुष्टि जनाउँदै आएका उनीहरु पार्टी छाड्ने निर्णयमा पुगेको हो । उनले नाम नखुलाउने सर्तमा भने, ‘महाभारतमा २५ प्रतिशत एमाले फुटको नजिक छ । पार्टी समयमै असन्तुष्टि नेता कार्यकर्ताको भावनालाई सम्बोधन नगरी अघि बढे निर्वाचनमा क्षति व्यहोनु पर्ने छ ।’

उनले एमालेमै रहेर लामो समयदेखि संघर्ष गर्नेलाई उम्मेदवार बनाई केही साता अघि मात्रै पार्टी प्रवेश गरेको पाहुनालाई स्वीकार गर्न नसक्ने बताए । पार्टीले असन्तुष्ट नेता कार्यकर्ताको माग पुरा नगरे पार्टी छाड्ने उनको भनाई छ ।

उनले पार्टी छाडे पनि अरु कुनै पार्टीलाई सर्मथन गर्ने कि नगर्ने वा निर्वाचनसम्म तटस्थ बस्ने भन्ने बारे भने आफुहरुबिच छलफल गरी निर्णय गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय