काभ्रे । नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको १३ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका सवै तहमा उम्मेदवार टुंगो लगाएर जिल्लामा पठाएको हो । काभ्रेमा ६ नगरपालिका र ७ वटा गाउपालिका छन् । उम्मेदवारको टुंगो लागेपनि सोमबार मात्रै मनोनयन दर्ता गर्ने एमाले काभ्रेले जनाएको छ । कतिपय स्थानीय तहमा एमालेले माओवादीसँग तालमेल गर्ने तयारी गरेपनि सहमति नभएपछि पार्टीका तर्फबाट उम्मेदवार सार्वजनिक गरेको हो ।

नगरपालिकातर्फ पनौतीमा भिम न्यौपाने, गिता बन्जारा रहेका छन् । दुबैजना ०७४ मा निर्वाचित प्रमुख उपप्रमुख हुन् । बनेपामा रत्नकुश रन्जित, बिमला सापकोटा, पाँचखालमा कन्चन अधिकारी, सुर्यमाया दनुवार, मण्डनदेउपुरमा बिदुर सापकोटा, सरिता ढकाल, नमोबुद्धमा राजन भुर्तेल, सम्झाना लामा, धुलिखेलमा अशोक ब्यन्जु, लाल तारा अधिकारी रहेको जिल्ला सचिव भुर्तेलले जानकारी दिए । ०७४ मा एमालेबाट निर्वाचित प्रमुखमा भिम न्यौपाने, अशोक ब्यन्जु र उप प्रमुखमा गीता बन्जारा दोहोरिएएका उम्मेदवार हुन्।

यस्तै गाउँपालिकातर्फ रोशी गाउँपालिकामा देव सागार लामा, बबिता बोहरा, तेमाल गाउँ पालिकामा इन्द्र तामाङ, साम्तेन लामा, भुम्लु गाउँपालिकामा प्रेम लामा, कल्पना श्रेष्ठ, चौरीदेउराली गाउँपालिकामा जितराम लामा, बबिता खरेल, महाभारत गाउँपालिकामा पुर्ण बहादुर वाईवा, शान्ति तितुङ रानामगर, बेथानचोक गाउँपालिका कमल तिमल्सिना, सरला लमिछाने र खानिखोला गाउँपालिका डम्बर तिमल्सिना, रुकमणि गुरुङ रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय