काभ्रे । नेकपा माओवादी केन्द्रले महाभारत गाउँपालिका अध्यक्षमा कान्छालाल जिम्बा ‘संसार’लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा जिम्बालाई बनाउने सर्वसम्मत निर्णय गरेको हो।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिकाको अध्यक्ष समेत रहेका जिम्बालाई गाउंपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको गाउँपालिका इन्चार्ज सुजन लामाले जानकारी दिए।
जिम्बा, २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो थियो । गाउँपालिका अध्यक्ष भएर आए देखि धेरै कामहरु गरेको र आजै परिवर्तनहरु गर्न बाँकी रहेकोले फेरि अध्यक्षमा उम्मेदवार दिएको जिम्बा बताए ।
काभ्रेमा सत्ता गठबन्धनको भागबन्डा अन्तर्गत महाभारत गाउँपालिमा अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसलाई परेको थियो । अध्यक्षमा टुंगो भए पनि उपाध्यक्ष भने टुंगो लागेको छैन ।