महाभारत, काभ्रे । काभ्रे जिल्ला डाँडापारी महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले सोमबार पदबाट राजिनामा दिएका छन् । यही बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्ने पक्की भएपछि उनले गाउँपालिकाको कार्यालयमा पुगेर राजिनामा दिएका हुन् ।

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले स्थानीय तह निर्वाचन २०७९ को आचार सहिंताको पालना गर्न पदबाट राजिनामा दिनुपर्ने हुन्छ । स्थानीय तहमा आफुले प्राप्त गरेको सेवा सुविधा समेत पालिकालाई हस्तान्तरण गर्नुपर्ने निर्वाचन आचार सहिंतामा उल्लेख छ । स्थानीय तहको निर्वाचन मनोनयपत्र बुझाउने केही समय बाँकी रहँदा गाउँपालिका अध्यक्ष जिम्बाले पदबाट राजिनामा दिएको प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने पुष्टि गरे ।

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष जिम्बाले पालिका उपाध्यक्ष चेत कुमारी माझी समक्ष राजिनामा पेश गरेको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले उल्लेख गरे । गापा अध्यक्ष जिम्बाको राजिनामा गाउँपालिकाकी उपाध्यक्ष माझीले स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए ।

यसका साथै गाउँपालिका अध्यक्ष जिम्बाले प्रयोग गर्दैआईरहेको बोलेरो जीपको साँचो पालिकालाई हस्तान्तरण गरिसकेका छन् । उनले पेश गरेको राजिनामा पत्रमा आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन आफु पक्की रहेकाले आजैको मितिबाट लागु हुँने गरी स्वेच्छ्याले राजिनामा पेश गरेको उल्लेख गरेको जनाएका छन् ।

महाभारत गाउँपालिकामा राजिनामा बुझाएका अध्यक्ष जिम्बा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षको रुपमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय