
महाभारत, काभ्रे । स्थानीय तह निर्वाचनका लागि काभ्रेको महाभारत गाउँपालिकामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको थियो ।
नेकपा माओवादी केन्द्रको भागमा परेको अध्यक्षमा कान्छालाल जिम्बा (संसार )ले उम्मेदवारी मनोनय गराएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसको सागर मोक्तानले मनोनयन दर्ता गराएका छन् ।


महाभारत गाउँपालिकामा गठबन्धनका दलहरुविचमा सहमति भए पनि वडा स्तरमा तालमेल नभए पछि आठै वडामा दलहरूबिच आपसि सहमतिमा मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ ।