महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाबाट आगामी बैशाख ३० गतेको स्थानीय तह चुनावका लागि अध्यक्ष ४ र उपाध्यक्षमा ३ वटा दलले उम्मेदवारी दर्ता गराएको छ । महाभारत गाउँपालिका देविटारस्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार ४ वटा दलले मनोनयन दर्ता गराएका हुन् ।

गठबन्धनका दलहरु अन्तर्गत नेकपा माओवादी केन्द्रको तर्फबाट निवर्तमान गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले मनोनयन दर्ता गराएका छन् । जिम्बा नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका दिए । यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसबाट सागर मोक्तानले उम्मेदवार दर्ता गराएको छ ।

यसैगरी एमालेबाट अध्यक्षमा पुर्ण बहादुर वाइबा, उपाध्यक्षमा शान्ति तितुङ राना मगरले मनोनयन दर्ता गराएका छन् ।एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष धन बहादुर आले (घनश्याम ) , उपाध्यक्षमा हस्तमाया राना मगरले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारमा मेजरमान थिङले मनोनयन गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय