सिन्धुपाल्चोक । बहालवाला निर्वाचित गाविस अध्यक्षको कुर्सी छाडेर जनयुद्धमा होमिएका कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ २६ वर्षपछि चौतारा साँगाचोकगढी स्थानीय सरकारको प्रमुखका लागि उम्मेदवार बनेका छन् ।

२०४९ सालको स्थानीय निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट तत्कालीन कुविण्डे गाविसको अध्यक्ष पदमा भारी मतले विजय प्राप्त गरेका सापकोटा अहिले त्यस्तै १२ गाविस मिलेर बनेको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदमा उमेदवार बनेका हुन् ।

२०१७ माघ ११ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ (साविक कुविण्डे गाविस वडा नं ७) मा जन्मीएका सापकोटा सादा जीवनशैली र सरल व्यवहार भएका नेता हुन् । २०५२ फागुनमा गाविस अध्यक्षको जिम्मेवारी कार्यवाहक दिएर माओवादी जनयुद्धमा पूर्णकालीन सदस्यका रुपमा समाहित भएका सापकोटा २०५५ मा सिन्धुपाल्चोक र दोलखा जिल्लाको जिल्ला सेक्रेटरी बनेका थिए । जनयुद्धकालमा नेकपा (माओवादी)को सिन्धुपाल्चोक, दोलखा, काभ्रे तथा रामेछापको इञ्चार्ज भएका उनी पार्टीको उपव्यूरो इञ्चार्ज लगायतका भूमिका निर्वाह गरेका थिए ।

निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध सानैदेखि विभिन्न सामाजिक अभियान र राजनीतिक आन्दोलनमा सामेल भएर उनले आफूमा राजनीतिक चेतनाको राँको बाल्न सफल भएका थिए । वि.संं २०३७ सालमा पार्टीको सेल सेक्रेटेरी हुँदै २०३८ मा पार्टी जिल्ला कमिटीको सदस्य भएका उनी २०३८ सालमा भारतको अयोध्यामा सम्पन्न भएको अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए । २०४६ सालको जनआन्दोलनमा तत्कालीन राष्ट्रिय जनमोर्चाको जिल्लास्तरको नेतृत्वका हैसियतमा सहभागी थिए । २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन कुविण्डे गाविसको अध्यक्ष पदमा भारी मतले विजय प्राप्त गर्नुभएका सापकोटा जनतामाझ निकै लोकप्रिय र स्थापित नाम हो ।

सादा जीवनशैली र सरल व्यवहार उनको जीवनको परिचय हो । उनको जीवनशैलीमा कतै तडकभडक देखिदैन । सामान्य लेखपेढ गरेका तर बौद्धिक क्षमताका धनी ‘देशबन्धु’ सामान्य जनजीवनमै भेटिन्छन् । उनी कहिले नौबिसेमा कोदालो बोकेर खेतमा काम गरिरहेको भेटिन्छ त कहिले घाँसको भारी बोकेर हिडिरहेको भेटिन्छ । वास्तविक श्रमिक मजदुर र किसानको रुपमा सधैँ कुविण्डे र नौविसेमा देखिने उनै नरम स्वभावका धनी कृष्णप्रसाद सापकोटा उर्फ ‘देशबन्धु’ अहिले किसान र मजदुरका समस्या हल गर्ने उत्कट चाहना राखेर माओवादी केन्द्रको तर्फबाट नगरपालिकाको मेयरको उमेदवार बनेका हुन् ।

जनयुद्धका क्रममा सापकोटाले आफ्नी जेठी छोरी सुभद्रालाई गुमाउनु प¥यो । कक्षा ९ मा पढ्ने चौध वर्षीय सुभद्रालाई साँस्कृतिक कार्यक्रमको क्रममा काभ्रेको अनेकोटमा पुग्दा अन्य ६ साथीहरुसहित प्रहरीले घरमा आगो लगाएर सामुहिक हत्या गरेको थियो । कृष्णप्रसाद सापकोटाजस्ता लाखौंको त्याग र सुभद्राजस्ता हजारौंको बलिदानको जगमा आज गणतन्त्र, संघीयता र समृद्धिको अभियान शुरु भएको छ । स्थानीय तहहरु स्वायत्त भएका छन् । गाउँ गाउँमा सिंहदरबार आएको छ ।

सापकोटा हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवं बागमती प्रदेशको सहइञ्चार्जको भूमिकामा छन् । उनी सहिद प्रतिष्ठान नेपालको अध्यक्ष पनि हुन् ।इमान्दार, शालीन र आम जनतामा लोकप्रिय सापकोटा नगरपालिकामा रहेको स्रोत साधनलाई व्यवस्थित रुपमा परिचालन गर्दै नगरबासीको समृद्धिको सपनालाई साकार तुल्याउन दृढसंकल्पित देखिन्छन् । सापकोटा सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको विकास र समृद्धिआफ्नो एकमात्र संकल्प रहेको बताउँछन् । उनी भ्रष्टाचारमुक्त सुशासन, पारदर्शीताको वकालत गर्नुहुन्छ भने जीवन व्यवहार पनि त्यस्तै गर्छन् ।

हालै स्थानीय क्षेत्रको विकास, समृद्धि, स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन, पर्यटनको क्षेत्रमा उल्लेख्य विकास, जनयुद्धका स्मृतिहरुको संरक्षण र अभिलेखिकरण, सहिद, बेपत्ता लगायतको सम्मान र जनताको जीवनमा अनुभूत हुने गरी परिवर्तन गराउने लक्ष्य राखेका छन् ।

वर्तमान सत्तारुढ दलमध्येको नेकपा एकीकृत समाजवादीसँग चुनावी तामेल गरी निर्वाचनमा होमिनुभएका सापकोटासँगै चौतारा साँगाचोकगढी नगरको उपमेयर पदमा नेकपा एकीकृत समाजवादीकी सीता थापा उम्मेदवार बनेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय