काभ्रे । बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिङ बादेले नगर प्रमुख पद बाट राजीनामा दिने घोषण गरेकाछन ।
नेकपा एमाले बाट बनेपा नगरपालिकामा निर्वाचित मेयर बादेले एमालेको साधारण सदस्य समेत नरहने गरि शनिबार पत्रकार सम्मेलन गरेर राजिनामा दिएका छन् । शनिबार बनेपामा पत्रकार सम्मेलन गरेर एमाले पार्टी बाट साधारण सदस्य समेत नरहने र नगर प्रमुखको पद बाट समेत राजिनामा दिने बताए ।
सोमबार नगरपालिका खोलेपछि नगर प्रमुखको पद बाट समेत राजिनामा दिने बताए । ०७४ को निर्वाचनमा बादे एमाले पार्टीबाट बनेपा नगरपालिका जितेका थिए । टिकटको दाबी रहेका मेयर फेरि टिकट नपाए पछि एमाले पार्टी छडेकाछन ।
नेकपा एमाले काभ्रेले बनेपा नगरपालिका मेयरको लागि रत्न कुस रन्जितलाई टिकट दिएर उम्मेदवार बनाए पछि बादे असन्तुष्ट राख्दै आएका थिए । उनले गोकुल बाँस्कोटालाई भागवान जस्तो मन्दै आएको भएपनि पुनः बनेपाको मेयरको लागि उम्मेदवारको टिकट दिने पटकपटक वचन दिएर इलभेन्ट आवरमा आफुलाई धोका दिएको बताए ।