![](https://globalkhabars.com/wp-content/uploads/2022/04/Picsart_22-04-30_18-59-37-649.jpg)
महाभारत, काभ्रे । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै काभ्रेको महाभारत गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरूले संयुक्त घरदैलो अभियान सुरु गर्ने भएको छ ।
गठबन्धनले आज देविटारमा एक कार्यक्रम गर्दै २० देखि २७ गतेसम्म महाभारतको विभिन्न टोलमा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुका उम्मेदवारसहित चुनावी घरदैलो अभियान गर्न लागेको हो ।
![](https://globalkhabars.com/wp-content/uploads/2024/02/Chhar-Nepal-Construction-Pvt.-Ltd.-247x300.jpg)
![](https://globalkhabars.com/wp-content/uploads/2024/07/MAHABHARAT-GAUPALIKA-BIPAT-240x300.jpg)
अभियानमा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा (संसार) र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका सागर मोक्तान लगायत माओवादी केन्द्र र काँग्रेसका नेता तथा कार्यकर्ताहरूले घरघरमा मतदाताहरू भेट्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नेछन् ।
महाभारत गाउँपालिकामा गठबन्धनका दलहरुविचमा पालिका स्तरमा तालमेलमा सहमति भए पनि वडा स्तरमा तालमेल नभए पछि आठै वडामा दलहरूबिच आपसि सहमतिमा मित्रवत प्रतिस्पर्धा गर्ने भएको थियो । सहमति नभए पछि सबै वडामा दलहरूले आ-आफ्नो दलको उम्मेदवारी दर्ता गरेसंगै पालिका स्तरमा गठबन्धनको अभियान भएपनि वडामा भने आ-आफ्नो दलले अभियान संचालन गर्ने भएको छ ।