
नमोबुद्ध, काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकमा नेपाली कांग्रेस वडा अध्यक्षका दाबेदार नेता माओवादी केन्द्रका कार्यकर्तामाथी हातपात गरेका छन् । नमोबुद्ध–११ मा कांग्रेसका नेता तथा वडा अध्यक्षको दाबेदार ज्ञानु लामाले माओवादी केन्द्राका कार्यकर्ता भतिज साजन लामा माथी हातपात गरेका हुन् ।
वडा अध्यक्षको दाबेदार लामाले नाताले भतिज पर्ने साजनलाई माओवादीलाई भात खुवाएको भन्दै कोठाभित्र पसेर हातपात गरेका थिए । साजन माओवादी किनट कलाकार संगठनका सदस्य तथा वाइसिएल नेपालका वडा सदस्य हुन् । हातपातमा उत्रिएका उनले पैसाको रवाफ् समेत देखाएको थियो ।


माओबादी केन्द्र नमोबुद्ध–११ का वडा अध्यक्षका उम्मेदवार निरेश लामाको समुह टोल कमिटिको बैठकबाट फर्केर साजन लामाको घरमा खाना खाएका थिए । उनीहरु खाना खाँदै गरेको अवस्थमा नै लामाले हातपात गरेको एक स्थानीयले बताए ।
लामाले साजनलाई हातपात गर्नु केही मिनेट अगाडि माओवादीका उम्मेदवार लामालाई फोन गरेर दम्क्याएको थियो । उम्मेदवार निरेश लामाको टोलिमा माओवादी केन्द्रका नगर कमिटीका सदस्य सोमरज लामा, निर्वाचन परिचालन कमिटीका सदस्यहरु मिक्मार लामा (कुमार), सोनाम लामा , मदन तामाङ, बिज्ञान तामाङ, बिपिन तामाङ लगायत रहेका थिए।