♦ भिमबहादुर थोकर
खानीखोला, काभ्रे । देशभर यतिबेला चुनावी महोल ह्वात्तै बढेको छ । चुनावी सरगमीले काभ्रेको विकट क्षेत्र खानीखोला गाउँपालिकाका विभिन्न वडासमेत यसबाट अछुतो छैन ।
खानीखोला–४ मा झन् चुनावी महोल विशेष रुपमा तातेको छ भने चुनावी प्रतिस्पर्धासमेत रोचक हुने देखिएको छ । गाउँपालिकामा सत्तारुढ गठबन्धन दलबिच अध्यक्ष र उपाध्यक्ष पदको लागि चुनावी तालमेल भएको छ ।
गाउँपालिकाका ७ वडामध्ये वडा नम्बर १, ३ र ५ माओवादी केन्द्रलाई र २, ६ र ६ नम्बर वडा नेपाली कांग्रेसलाई अध्यक्ष दिने गरी सहमती भएसँगै चुनावी प्रसारप्रसारमा समेत संयुक्त रुपमा लागि सकेका छन् ।
तर खानीखोला–४ भने गठबन्धन दलका माओवादी केन्द्र र कांग्रेस मित्रवत् रुपमा प्रतिस्पर्धा गर्ने भएको छ । यसैबिच माओवादी केन्द्रले सो वडाको वडा अध्यक्षमा निशान मोक्तानलाई उम्मेदवार बनाएको छ ।
विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा लागेका मोक्तानले पार्टी संगठनको विभिन्न जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्दै आएका छन् । उनी माओवादी निकट वाईसिल, खानीखोलाको अध्यक्ष समेत भइसकेको छ । त्यस्तै वडा अध्यक्षको उम्मेदवार मोक्तानले पार्टीको खानीखोला–४ को वडा कमिटीको अध्यक्षमा दोस्रो पटक कार्यकाल सम्हाल्दै आइरहेको छ ।
उनै मोक्तान राजनीतिमार्फत नै जनताको सेवा गर्नु पर्छ भन्ने भावका साथ अनवरत रुपमा खटिरहेको छ । उनले ०७२ को विनाशकारी भुकम्पमा समेत उद्धार तथा राहत वितरणको काममा विशेष रुपमा सहयोग पु-याएका थिए ।
वडा अध्यक्षको लागि माओवादी केन्द्रबाट उम्मेदावरी दिइएका मोक्तानले जनतालाई समस्या पर्दा मध्यरात पनि खट्ने व्यक्तिको रुपमा आफ्नो छुट्टै पहिचाहन बनाउन सफल भएका छन् ।
वास्तवमै उनी भोक, निन्द्र, घामपानी, हावाहुरी केही नभनी जनताको सेवामा निरन्तर लाग्दै आएको छन् ।
उनको यस कार्यलाई वडाबासीले खुलेर प्रशंसा समेत गर्ने गर्छन् । यस विविध कारण, मोक्तान खानीखोला–४ को लागि योग्य उम्मेदवार हो भन्नेमा दुईमत छैन ।
मेरो उम्मेदवारी केवल वडा अध्यक्ष बन्न मात्रै होइन
वडा अध्यक्षको उम्मेदवार मोक्तानले आफ्नो उम्मेदवारी केवल वडा अध्यक्ष बन्नको लागि मात्रै नभएको बताए । उनले जनताको मत लिएर वडा अध्यक्ष जित्ने मात्रै आफ्नो लक्ष्य नभई वडालाई अवल र सवल बनाउने सपना समेत रहेको बताए ।
‘खानीखोला–४ मा मेरो उम्मेदवारी केवल जनताको मत लिएर वडा अध्यक्ष जित्नको लागि मात्रै होइन,’ उनले भने, ‘वडालाई अवल र सवलसँगै स्वाभिलम्वी बनाउने मेरो सपना हो ।’
यस्तो छ, मोक्तानको प्रतिबद्धता
उनले समुदायको लागि धेरै योगदान पनि गरी सकेका छन् । वडा अध्यक्ष भएर काम गर्न पाए अझ वडाको अमुल परिवर्तनको लागि गर्नु पर्ने योजनाको उनीसँग लामो सुची रहेको सुनाउँछन् ।
वडा अध्यक्षको उम्मेदवार मोक्तानको योजना तथा प्रतिबद्धताहरुमध्ये खानीखोला–४ लाई अवल र सवलसँगै स्वाभिलम्वी बनाउने सपना एक हो । त्यस्तै उनले आधारभूत रुपमा शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने प्रतिबद्धता गरेका छन् ।
उनले आफु वडा अध्यक्षमा निर्वाचित भएमा प्रत्येक टोलामा खानेपानीको पहुँच पु¥याउने मात्र होइन एक घर एक धारा बनाउने आफ्नो लक्ष्य भएको र यसलाई ५ वर्षको कार्यकालभित्र पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाइएको छ ।
त्यसैगरी उनले प्रत्येक टोला बाह्रै महिना गाडी चल्ने सडक विस्तार गर्नेसँगै पार्टीले सार्वजनिक गरेको घोषण पत्र अनुसार जनतालाई सेवा सुविधा दिने कार्यमा निरन्तर जोडिने प्रतिबद्धता गरेको छ ।
‘म आम मतदाताबिच प्रतिज्ञा गर्न चहान्छु, चुनावी दौरानमा गरेका हर प्रतिबद्धताहरु पुरा गर्ने छु,’ उनले भने, ‘ आम मतदाताले देख्नु भएको सपना मेरो पनि सपाना भएकाले त्यसलाई पुरा गरेरै छाड्ने छु ।’
वडा अध्यक्षमा उम्मेदवार मोक्तानले आफ्नो योजना तथा प्रतिबद्धतालाई वडाबासी सामु साकार पार्न आफुसहित प्यानललाई विजय गराउन ‘गोलाकारभित्रको हासिँया हातौँडा’मा मतदान गर्न अपिल समेत गरेका छन् ।
फोटो संकलनः इकमान लामा