महाभारत, काभ्रे । आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै काभ्रेको महाभारत गाउँपालिकामा भोट माग्दै राजनीतिक दलहरु गाउँ गाउँमा पुगेका छन् । महाभारतमा बाम लोकतान्त्रिक गठबन्धनले गाउँपालिकाको वडा नं. २ स्याप्लेडाँडाबाट चुनावी प्रचार प्रसारका कार्यक्रम सुरु गरेका छन् ।
गठबन्धनको आजबाट सुरु भएको वडा स्तरीय निर्वाचन परिचालन कार्यक्रम बैशाख २७ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा गठबन्धनको साझ उम्मेदवार अध्यक्ष पदका नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा (संसार) र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका सागर मोक्तान लगायत नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सदस्य तथा महाभारत गाउँपालिका इन्चार्ज सुजन लामा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति राम योन्जन, माओवादी केन्द्र र काँग्रेसका नेता तथा कार्यकर्ताहरूले सहभागी भएको थियो ।
महाभारत गाउँपालिकामा गठबन्धनले कार्यक्रम तीब्र बनाएको छ । कार्यक्रम प्रत्येक वडामा संचालन गर्ने छ ।
घरघरमा मतदाताहरू भेट्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नेछन् ।
महाभारत गाउँपालिकामा गठबन्धनका दलहरुविचमा पालिका स्तरमा तालमेलमा सहमति भए पनि वडा स्तरमा तालमेल नभए पछि आठै वडामा दलहरूबिच आपसि सहमतिमा मित्रवत प्रतिस्पर्धा गर्ने भएको थियो । सहमति नभए पछि सबै वडामा दलहरूले आ-आफ्नो दलको उम्मेदवारी दर्ता गरेसंगै पालिका स्तरमा गठबन्धनको अभियान भएपनि वडामा भने आ-आफ्नो दलले अभियान संचालन गरिरहेका छन् ।