काभ्रे । स्थानिय तह निर्वाचनमा खटिने मतदात अधिकृत र सहायक मतदान अधिकृतहरूका अभिमुखीकरण तालिमको आयोजना गरिएको छ ।

कार्यालयले मतदानस्थलमा खटिने मदतान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि आवश्यक विधि, प्रक्रियाबारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा सहभागी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान तथा मतगणना प्रक्रिया, निर्वाचन आचारसंहिता र सुरक्षा तथा निर्वाचनको अवस्था र प्रक्रियाका बारेमा जानकारी गराएको जिल्ला निर्वाचन अधिकृत उमेश राईले बताए। मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले मतदान तथा मतगणना प्रक्रियाका बारेमा जानकारी गराएका थिए भने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचन आचारसंहिता र सुरक्षासम्बन्धी विषयमा सहजीकरण गरेका थिए । यस्तै, निर्वाचनको अवस्था र प्रक्रियाबारे भने जिल्ला निर्वाचन अधिकृत उमेश राईले सहजीकरण गरेका थिए ।

कार्यक्रममा जिल्लाका चारवटा नै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन लक्षित सुरक्षा व्यवस्थाको अवस्था बारेमा जानकारी गराएका थिए । यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले सहभागीका सहायतामा नमूना मतदान प्रदर्शन विधिबाट त्यसमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीले गर्नुपर्ने भूमिकाका बारेमा विस्तृत जानकारी गराउएका थिए ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिृकत गरी ७६२ जनाको सहभागिता रहने कार्यक्रममा आज पहिलो चरणमा ३४० र बाँकी सहभागीका लागि बुधबारलाई समय तोकिएको जनाएको छ । जिल्लामा यही वैशाख ३० गते १८९ वटा मतदानस्थलको ३८१ वटा मतदान केन्द्रहरुबाट तीन लाख तीन हजार ५६० जनाले मतदान गर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय