सलन मगर, खानीखोला, काभ्रे । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिव तथा बाम–लोकतान्त्रिक गठबन्धनका खानीखोला गाउँपालिकाको अध्यक्ष पदका साझा उम्मेदवार इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले जनतालाई सडकको पहुँचसँग जोड्ने बताएका छन् ।

अध्यक्ष पदका उम्मेदवार छिन्ताङले खानीखोला–६ स्थित् देउरालीमा चुनावी अभियानको कोण सभामा यस्तो बताएका हुन् । उनले आफुहरुले जितेमा अहिलेको सडकको अवस्थामा व्यापाक परिवर्तन ल्याउने बताए ।

उनले बेथानचोकको नारायणस्थान हुँदै देउराली–तालढुंगा सडक र देउराली–बासपुर–झिंगे सडक जोड्ने प्रतिबद्धता समेत गरेका छन् । उम्मेदवार छिन्ताङले जनताले अनुभुति गर्ने गरी विकास गर्ने लक्ष्यसहित कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता संघीय समाजवादी लगायतका पार्टी मिलेर निर्वाचनमा होमिएको बताए ।

उनले खानीखोलामा आफुहरुको जित सुनिश्चित भइसकेकोले अब जनताले चाहेको जस्तो विकास गरेर देखाउने बताए । ‘खानीखोलामा अबको ५ भित्र विकासको कायपल्ट हुनेछ,’ उनले भने, ‘हाम्रो जित सुनिश्चित भइसकेको छ, औपाचारिक घोषण हुन मात्रै बाँकी हो ।’

यस्तै उपाध्यक्ष पदका उम्मेदवार दोर्जेमान जिम्बाले खानीखोला–६ लाई कफिमा प्रथामिकता दिँदै किसानहरुको लागि विशेष अनुदान समेत व्यवस्था गरिने बताए । उनले जनताका आर्थिक तथा समाजिक जीवनस्तर उकास्न भुगोल सहुउँदो उद्योग खोल्ने बताए ।

अध्यक्ष उम्मेदवार छिन्ताङ र उपाध्यक्ष उम्मेदवार जिम्बासहितको टोली अहिले खानीखोलाको सबै वडामा पुग्ने अभियनामा जुटेका छन् । जस अनुसार वडा गत रुपमा विकासका विभिन्न प्रतिबद्धता गरेको हो ।

उनीहरुले अध्यक्ष पदमा छिन्ताङलाई ‘गोलकारभित्रको हाँसिया हातौडा’ र उपाध्यक्षमा दोर्जमानलाई ‘रुख’ चिन्हमा मतदान गरी गठबन्धनका साझा उम्मेदवारलाई अत्यधिक बहुतमले विजय गराउन अपिल गरेका छन् ।

एमालेले खानीखोलामा विकासको सट्टा बेथितिको नेतृत्व गरे
स्थानीय मानबहादुर मगरले समृद्ध खानीखोलाको लागि गठबन्धन सरकारको विकल्प नभएको बताए । त्यस्तै अर्का ज्ञानबहादुर तामाङले एमाले नेतृत्वको खानीखोला सरकारले विकासको सट्टा बेथिति मात्रै ल्याएको जिकिर गरे ।

उनले खानीखोलामा एमालेबाट विकास हुन नसक्ने र अब जनताले साँच्चै विकास चाहिएको भए गठबन्धनका उम्मेदवारलाई जिताउन समेत अफिल गरेका थिए । त्यसैगरी, सोमबहादुर लाामले अघिल्लो निर्वाचनमा एमालेलाई भोट दिएको बताउँदै आगामी निर्वाचनमा भने गठबन्धनलाई जिताउन आफ्नो मत दिने बताए ।

उनले भने, ‘अघिल्लो चुनावमा एमालेलाई भोट र जित्यो पनि, तर जनतालाई निराश बाहेक केही दिन सकेन । अब एमालेबाट खानखिोलाको विकास हुन्छ भन्नु मात्र हो ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय