खानीखोला, काभ्रे । जिल्लाको विकट खानीखोलामा गाउँपालिमा चुनावी महोल बढेसँगै सत्तारुढ गठबन्धन दलको पक्षमा जनलहर पनि बढ्दै गएको छ ।

खानीखेलामा गठबन्धन दलले बैशाख १७ गतेदेखि वडा र पालिकामा एकैपटक थालेको चुनावी अभियनामा जनताको उत्साहपुर्ण साथ पाउनेको संख्या दिनानुदिन बढ्दै गएको हो ।

गठबन्धनबाट खानीखोलामा अध्यक्ष पदमा इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ र उपाध्यक्षमा दोर्जेमान जिम्बाले साझा उम्मेदवारी दिइको छ । अध्यक्ष पदका छिन्ताङ माओवादी केन्द्रको तर्फबाट र उपाध्यक्षमा जिम्बा कांग्रेसको तर्फबाट उम्मेदवार तोकिएको हो । गठबन्धनको पक्षमा जनता बढ्दै गएसँगै खानीखोलामा गठबन्धनको जित करिब सुनिश्चित जस्तै देखिन्छ ।

अघिल्लो निर्वाचनमा खसेको मतको आधारमा पनि एमालेको भन्दा गठबन्धन दलको मत पल्लाभारी देखिन्छ । यस्तै गठबन्धन दलले खानीखोलाको वडा नम्बर १, ३ र ५ माओवादी केन्द्र र २, ६ र ७ कांग्रेसलाई अध्यक्ष दिएर संयुक्त रुपमा निर्वाचनमा होमिएको छ । यी वडाको मत आधारमा पनि एमाले गठबन्धन दलभन्दा पछाडि नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय