महाभारत,काभ्रे । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रे डाँडापारी महाभारत गाउँपालिकामा उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन्। नेकपा (माओवादी केन्द्र) ले उम्मेदवार मनोनयनमा गाउँपालिका स्तरमा तालमेल भएपनि वडा स्तरमा मित्रवत् प्रतिस्पर्धा गर्ने भए भएसँगै घरदैलो अभियानमा जुटेका हुन्।

वडा स्तरमा माओवादी केन्द्र, नेपाली काङ्ग्रे, नेकपा एमाले र एकीकृत समाजवादीले अलग अलग अभियान सञ्चालन गरी मतदाताको विश्वास जित्न प्रयासरत छन्। अहिले नेताहरु नागरिकका घर घर मात्र हैन खेत खेतमै पुग्न थालेको स्थानीयवासीहरु बताउँछन्।

उम्मेदवारी दर्तासँगै नेकपा माओवादी केन्द्र नेता कार्यकर्ताहरु अहिले घरदैलो अभियान अन्तर्गत गाउँका जनतासँग प्रत्यक्ष भेटघाट गर्न थालेपछि गाउँमा चुनाबी रौनक छाएको महाभारत गाउँपालिका–१ का युवा नेता अमृत योन्जनले बताए।

माओवादी केन्द्रले ‘गाउँ नगर घरघर जाऔँ, माओवादी केन्द्र लाई जिताऔँ’ र व्यवस्था बदल्यौं, अवस्था बदल्न माओवादी केन्द्रलाई भोट भन्ने नाराका साथ चुनावी गतिविधि गाउँसम्म विस्तार गरेको छ । महाभारत गाउँपालिकाका ८ वटै वडामा माओवादी केन्द्रको घरदैलो अभियान संचालन भइरहेको छ ।

महाभारत गापालिकामा पालिका स्तरमा बाम- लोकतान्त्रिक गठबन्धन अन्तर्गत अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रबाट कान्छालाल जिम्बा ( संसार) रहेको छ भने उपाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसबाट सागर मोक्तान रहेको छ ।

मित्रवत प्रतिस्पर्धाको लागि नेकपा माओवादी केन्द्रको तर्फबाट वडाका उम्मेदवारहरु

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय