काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहलाई अधिकारसम्म तुल्याउँदै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न चुनौती कायम रहेको बताएका छन् ।
अध्यक्ष दाहालले सोमवार एक वक्तव्य जारी गर्दै जनताले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि अनुभूति गर्न नसकेको बताएका हुन् ।


उनले सिंहदरबार केन्द्रित अधिकार जनताको घर दैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले निर्वाचनलाई आफूहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएको पनि बताए ।