काभ्रे । काभ्रेको तेमालमा सोमबार दिउँसो २ बजे तिर भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी जति घाइते भएका छन् ।
तेमाल गाउँपालिका- ८ भोर्ज्याङबेसी घ्याङखोला दोबानमा निसान गाडी अनियन्त्रित भई सडकदेखि करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।
स्थानीय अमिना दोङका अनुसार दुर्घटनामा परी घाइते भएका सबै जनालाई जिल्ला अस्पताल धुलिखेलमा पठाइएको छ । मृत्यु हुनेमा अन्दाजी १९ बर्ष जतिको भएपनि परिचय खुलेको छैन ।