काभ्रे । यतिबेला मुलुक स्थानिय तह निर्वाचन २०७९ को संघारमा छ । काठमाडौं उपत्यकाबाट कतिपय नेता कार्यकर्ताहरु आ–आफ्नो गाउँ गाउँमा आगामी पाँच वर्षका लागि आफूलाई मनपर्ने जनप्रतिनिधि जिताउने प्रतिक्षामाका साथ पुगेको छन् ।  प्राय सबैजसो स्थानमा उम्मेद्वार र दलका नेता कार्यकर्ता आफ्नो पक्षमा मत माग्नमा व्यस्त छन् । तर, पछिल्लो समय नेता कार्यकर्ताहरु मतदाता फकाउने मात्र होईन धम्क्याउन पनि अग्रसर देखिएका छन् ।

मतदाताका घर–घरमा पुगेका उम्मेद्वारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु सुनाईरहँदा मतदाताहरु मख्ख देखिन्छन् भने कतै उम्मेद्वारहरुले नेता तथा मतदाताहरुलाई धम्काईएको पाईन्छ । यस्तै, नेपाली कांग्रेस तेमाल गाउँपालीका वडा ३ बाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका बिष्णु बहादुर तामाङले जे पनि गर्न सक्छु भन्दै धम्की दिएका छन ।

तामाङले नेकपा एकीकृत समाजवादी, काठमाडौं सम्पर्क मन्चका सहसचिव राजेन्द्र श्रेष्ठ र नेकपा माओवादी केन्द्रबाट वडा ३ मा अध्यक्षमा उम्मेद्वार दिएका चन्द्रध्वज तामाङलाई धम्क्याएको हो ।

हामीलाई प्राप्त अडियोमा तामाङले श्रेष्ठलाई ‘के लेखेको भन्दै असभ्य शब्द बोलेको सुनिन्छ । तिमिसंग लडाइँ गर्छु पख तिमीलाई भन्दै गाली गरेका छन् । श्रेष्ठले के लेखेछ भन्नुन भने पनि तामाङले उत्तरको साटो गाली मात्रै गरिरहेको छ ।

यस्तो छ हामीलाई प्राप्त अडियो :जस्ताको त्यस्तै 

श्रेष्ठले भने ”मलाई थर्काउनुपर्ने कारण नै छैन । मेरो केही दोष छैन ”। मैले स्वतन्त्र उम्मेदवार पर्शुराम पन्तलाई सहयोग गर्यो भनेर एउटा बाहाना मात्रा पारेर मलाई थर्काएको हो । उनले थपे वडा ३ मा स्वतन्त्र अध्यक्ष उम्मेदवार उठेको पन्तलाई सहयोग गरेको भन्दै तामाङले अन्य सहयोगीलाई समेत सहयोग नगर्न दवाव दिएको बताए ।

तामाङ पुर्व वडा अध्यक्ष समेत हुन् । उनी यसअ िघ २०७४ सालको स्थानीय निर्वाचनमा फोरमबाट चुनाव लडेका थिए । स्थानीय निर्वाचनमा विजयी भएपश्चात तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

तामाङले स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई मतदान नगरेमा अस्थायी शिक्षकहरुको जागीर समेत खाइदिने दवाव दिएको स्थानीयले बताएका छन् । उनका अनुसार तामाङले गाउँमा वडा नम्बर ३ बाट नै स्वतन्त्रमा वडा अध्यक्षमा उम्मेद्वारी दिएका रेशम तामाङ र स्थानीय इन्द्रध्वज लामालाई समेत धम्क्याएको बुझिएको छ । तामाङको पाँच वर्षे कार्यकालमा धेरै अनियमितता भएको समेत स्थानीयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय