काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकामा गठबन्धन दलको मत नेकपा एमालेको भन्दा ३ हजार मतले बढी देखिएको छ । हालको प्रारम्भिक मत सर्वेक्षण अनुसार खानीखोलामा गठबन्धन दलको मत एमालेको भन्दा दोब्बर बढी देखिएको हो ।
खानीखोलामा १० हजार ३ सय ६२ मत रहेपनि ९ हजारको हारहारीमा मात्रै मत खस्ने अनुमान गरेका छन् । जसमा माओवादी केन्द्रको ३ हजार १ सय, कांग्रेसको मत ३ हजार र एमालेको ३ हजारको हाराहारीमा मत खस्ने अंकलन रहेको छ ।
प्रारम्भिक मत सर्वेक्षणले माओवादी केन्द्र र कांग्रेसको मत जोड्दा ६ हजार १ सयको हाराहारी खस्ने देखिन्छ । यसरी हेर्दा एमालेको भन्दा गठबन्धन दलको मत ३ हजारले बढी हुन्छ । यसकारण खानीखोलामा ५ दलीय गठबन्धनको जित करिब सुनिश्चित देखिएको हो ।
गठबन्धन दलबाट ५ सयदेखि १ हजार मत नखस्ने वा अन्य पार्टीमा गएपनि एमाले भन्दा बलियो नै देखिएका हुन् । अघिल्लो निर्वाचनमा पनि तीनै ठुला दलको मत अन्तर धेरै नदेखिएकाले गठबन्धन एमालेभन्दा तुलनात्मक रुपमा बलियो देखिएको स्थानीयहरु बताउँछन् ।
यसपटकको निर्वाचनमा खानीखोलामा गठबन्धन दलको जीत निश्चित भएको स्थानीयहरु बताउँछन् । उनीहरुको कुरा मान्ने हो भने पनि खानीखोलामा एमालेका अध्यक्ष उम्मेद्वार शेखर लामा र उपाध्यक्ष पदका उम्मेद्वार रुकमेणी गुरुङ जस्तो गठबन्धन दलका अध्यक्ष नेकपा माओवादी केन्द्रबाट ईन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसबाट दोर्जे मान जिम्वा विवादित छैन ।
उनीहरुलाई अहिलेसम्म कुनै भ्रष्टचारको आरोप लागेको देखिदैन । गठबन्धन दलले उठाएका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निष्ट, इमान्दार, विकासप्रेमीसँगै खानीखोलाको समग्र विकासको लागि स्पष्ट एजेण्डा तथा धारणा रहेको पाईन्छ ।
यस्तै करिब १ हजार मत भने नखस्ने देखिएको छ । खानीखोलाका मतदातामध्ये केही रोजगारीको शिलसिलमा विदेश, केहीको नाम दोहोरिएको र केही मृत्यु भएकासँगै बसाई सारेकाहरुको पनि मतदाता नामवलीमा नाम रहेका हुँदा उनीहरुको मत नखस्ने देखिन्छ ।
खानीखोलामा ७ वटा वडामध्ये माओवादी केन्द्रले १, ३ र ५ नम्बर वडा र कांग्रेसले २, ६ र ७ नम्बर वडामा अध्यक्ष लिएर संयुक्त रुपमा चुनावी अभियानमा लागेका छन् । तर खानीखोला–४ भने कांग्रेस र माओवादी केन्द्र मित्रवत् रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
अघिल्लो निर्वाचनमा खानीखोलामा एमालेले ४, माओवादी केन्द्रले २ र कांग्रेसले १ वडा जितेको थियो । तर यसपटक एमालेले जितेका सबै वडामा गठबन्धन दल मिलेर चुनाव लडेका छन् । जसले गर्दा यी सबै वडामा एमालेको भन्दा गठबन्धन दलकै मत बढी रहेकाले गठबन्धनले नै जित्ने देखिन्छ ।
त्यसैगरी खानीखोला–४ माओवादी केन्द्र र कांग्रेसमध्येबाटै वडा अध्यक्ष जित्ने पक्का छ । सो वडामा एमाले निकै कमजोर मान्निछन् । खानीखोलाका वडा नम्बर १ देखि ७ सम्म क्रमशः १५५८, १२२८, १०९२, १११९, १२२२, १९११ र २२३२ मतदाता रहेका छन् ।