विकास तामाङ ।

यतिवेला देशभरका चिया पसलदेखि सडकहुँदै सदनसम्म स्थानीय तह निर्वाचनको चर्चा चुलिएको छ । आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुन पार्टीले कति सिट जित्छन्, कुन स्थानीय तहमा कसले बाजी मर्ला इत्यादि जस्ता अनुमानित अंक गणित सुरु भइसकेका छन् ।

यस्तै चर्चा र अंक गणितको चुनावी महोलले काभ्रे जिल्लालाई अछुतो बनाएको छैन । यसबिच नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवसमेत रहेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’को उम्मेदवारीले पनि खानीखोलालाई जिल्लामा मात्रै नभई राष्ट्रियस्तरमा समेत विशेष चासोको रुपमा हेरिएको छ । छिन्ताङले बाम–लोकतान्त्रिक गठबन्धनबाट खानीखोला गाउँपालिकाको अध्यक्ष पदका लागि साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको निर्वाचन आउन औँलामै गन्ने हो भनेपनि अब केही दिन मात्र बाँकी छ । यो केही दिनमा हुने निर्वाचनमा मतदाताले गरेको निर्णय र फैसालबाट नै खानीखोलाबासीको भाग्य र भविष्य निर्धारण हुनेछ ।

भोट हाल्नु भनेको आगामी ५ वर्षको लागि कसैलाई आफ्नो विश्वास अर्पण गर्नु हो । यो भोट हाल्नु अर्थात् मतदान गर्ने कुरा सामान्य हुन सक्दैन । जुन सम्पुर्ण मतदाताले बुझ्न जरुरी छ । त्यसैले यसपटक अघिल्ला निर्वाचनहरुमा भन्दा अझ सुधारिएर सही र योग्य उम्मेदवार चुन्ने सवालमा उचित निर्णय गर्न आवश्यक छ ।

हामीले आगामी ५ वर्षको लागि सही र योग्य उम्मेदवार, योग्य पार्टीलाई हाम्रो विश्वास अर्पण सक्यौं भने मात्र हामीले सोचेको र खोजेको खानीखोला, कल्पना गरेको खानीखोला बन्ने छन् । यदि हामीले यो विश्वास सहि ठाउँमा अर्पण गर्न सकेनौं भने फेरी ५ वर्षको लागि पछुताउनुको विकल्प छैन ।

जसरी खानीखोलाका कतिपय जनताले अघिल्लो निर्वाचनमा गलत ठाउँमा भोट गर्नले आजका दिनसम्म पछुताएका छन् । अब हामीले यहि गल्ती दोहोरिन दिनु हुदैन । त्यसैले सोच्नु होस्, तपाईको विश्वास अर्थात् भोट गलत ठाउँमा पर्नले चुनावपछि फेरी पछुताएर बस्नु नपरोस् ।

भोट हाल्न हात नकमाउ, सोच बदलौँ
हामीले साँच्चै मनैदेखि सुन्दर समृद्ध खानीखोलाको परिकल्पना गरेका हौँ भने अब बेथितिको संरक्षण नभई विकासको संकल्प बोक्ने उम्मेदवार र पार्टीलाई जिताउनु पर्छ । चाहे त्यो आफुले यसअघि हाल्दै आएको चुनाव चिन्ह नै किन परिवर्तन गर्न नपरोस् । यदि तपाईले चुनाव चिन्ह परिवर्तन गरेर भोट हाल्दा सही र योग्य उम्मेदवार विजय हुनुको साथै खानीखोलाबासीको हितमा पर्छ भने किन, भोट हाल्न हात कमाउने ?

खानीखोलाको बेथितिको अन्त्य गर्नका लागि पनि यसपटक खानीखोलाबासीले गम्भीर भएर सोच्न आवश्यक छ । त्यसैले हामीले र हाम्रो सन्ततीले चाहेको खानीखोला निमार्णको लागि सही भिजन, दृढ संकल्प बोेकेको उम्मेदवारलाई चुनौँ । जसको लागि जीवनभर माओवादीले भन्ने ‘रुख’ चिन्हमा कांग्रेसलाई वा जीवनभर कांग्रेस र एमाले भन्ने मतदाताले माओवादीको ‘गोलाकारभित्रको हाँसिया हातौडा’मा नै भोट हाल्न किन नपरोस् । अब सोच बदल्न जरुरी छ ।

आम खानीखोलाबासीको सपना एउटै हो । जुन आफ्नै गाउँपालिकाभित्र सबैखाले सुविधा प्राप्त होस् र जन्मभूमी छोडेर अन्यत्र वसाई सार्न तथा विदेशमा रोजगारीको लागि घर छोडेर जान नपरे हुन्थ्यो । साथै शिक्षा, स्वास्थ्य लागयतका आभारभूत आवश्यकताको सुविधा आफ्नै स्थानीय तहमा लिन पाइयोस् । यी सम्पुर्ण प्राप्तिसहितको खानीखोलाको विकास तथा समृद्धको लागि आगामी चैत ३० गतेको निर्वाचनमा सही र योग्य उम्मेदवारलाई विजय गराउन आवश्यक छ ।

विगतका यी कुरालाई विर्सनु हुँदैन
सही र योग्यसँगै भिजन भएको नेतृत्व खानीखोलाले पाउन नसक्दा भोग्नु परेको विगतलाई मतदान गर्दै गर्दा मतदाताले विर्सनु हुँदैन । एमालेबाट खानीखोला गाउँपालिकाको अध्यक्ष पदको लागि उम्मेदवारी दिएका शेखर लामाले केही समय अघि एक पत्रिकामा दिएको अन्तरवार्तालाई नै मान्ने हो भने पनि खानीखोलामा विकासभन्दा बेथिति मात्रै भए ।

यसको अर्थ खानीखोलामा एमाले नेतृत्वको सरकारले विकासको नभई वेथितिको नेतृत्व गरेर ५ वर्षको महत्वपुर्ण समय स्वाहा पारे । खानीखोलामा ५ वर्षमा हुनु पर्ने विकास नभएको कुरा स्वयम् एमालेका नेता तथा कार्यकर्ताले नै स्वीकार गर्छन् भने सार्वजनिक रुपपा नै अभिव्यक्ति दिएका छन् । यसले खानीखोलामा जनताले अनुभूति गर्ने गरी विकास हुनलाई एमालेको विकल्प खोज्नु पर्छ भन्ने यो गतिलो सन्देश तथा पाठ समेत हुन् ।

बेथितिको अन्त्य र समृद्ध सुरुवात
स्थानीय तहको निर्वाचनमा खानीखोलाका जनताले सही र योग्य उम्मेदवारलाई विजय गराउन सकेको खण्डमा आगामी दिनमा समग्र बेथितिको अन्त्यसँगै खानीखोलाको विकास र उन्नतिको बाटो खुल्ने छ ।

खानीखोलाका बेथिति र विसंगीलाई तोड्दै र सुधार्दै विकासको गतिलाई अघि बढाउँदै लैजानको निम्ति इमान्दार, कर्मशिल, जनप्रिय तथा विकासप्रमी उम्मेदवारलाई जिताउने अभिभारा हाम्रो सामु छन् । त्यस्तै आम खानीखोलाबासीको इच्छा र आकांश पुरा गर्ने दायित्व बोकेर हाम्रोबिच अध्यक्ष पदका उम्मेदवार छिन्ताङ र उपाध्यक्ष दोर्जेमान उपस्थिति भएका छन् ।

मेरो पेशागत रुपमा मैले नाम किटेर बोल्न पक्कै मिल्दैन होला । तर समृद्ध खानीखोला र दशकौँदेखि अभावको बिच पिल्छिएर आएको खानीखोलाबासीको हितको निम्ति मैले यति चाहिँ नामै किटेर बन्नु पर्छ भन्ने लाग्छ । अध्यक्ष र उपाध्यक्षसँगै वडा अध्यक्षसहित बाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई विजय गराउनु आजको आवश्यक हो ।

वास्तवमा उनीहरुले खानीखोलाको लागि गरेको सुन्दर कल्पना वा सपना जे गरेको छ, त्यो आम खानीखोलाबासीको सपना हो । यसमा दुइमत छैन । खानीखोलाका जनताले देखेको सपनाको रंग र परिकल्पना गरेको खानीखोलासँग बाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवारले प्रतिवबद्धा पत्रसहित परिकल्पना गरेको खानीखोलामा कुनै अन्तर छैन । हाम्रो मुद्दा र सपना मिल्ने सक्नेले मात्रै जनताले अनुभुत गर्ने गरी परिवर्तन गर्ने हो ।

जनताका सामु धेरै आश्वसन गर्नेलाई नभई उद्देश्य थोरै होस्, तर पुरा हुने खालको निश्चित उद्देश्यसहित खानीखोलाको सम्रग विकासको लागि परिकल्पना गर्ने उम्मेदवार र पार्टीलाई चिन्न र विजय गराउन सक्नु नै उत्तम हुने छ । जुन सचेत मतदाताले गर्ने बुद्धिमानी तथा सही निर्णय नै हुन जान्छ ।

जनताबिच ५० वटाभन्दा बढी ठुल्ठुला आश्वसन देखाउने तर १० वटा पनि पुरा नगर्ने पार्टी र ती दलका उम्मेदवारलाई अब पाखा लगाउनुको विकल्प छैन । यो सचेत आम मतदाताको कर्तव्य पनि हो । हामीले आफ्नो भन्दा पनि समग्र खानीखोलाको हित चाहाने उम्मेदवारलाई चुन्न सक्नु पर्छ । त्यो उम्मेदवार अहिले खानीखोलाको सन्दर्भमा बाम–लोकतान्त्रिक गठबन्धनभित्र देखिएका छन् ।

गठबन्धनका उम्मेदवार र अवसर
तपाई हामीलाई आबगत नै छ, ठुला आश्वसन र चर्का भाषणले मात्रै परिवर्तन सम्भव हुन सक्दैन । त्यस्तै स्थानीय तह समृद्ध बनाउन कुनै दल वा गठबन्धन दलको बुहमत पुग्न सके मात्र स्थिर सरकार भएमा जनताको इच्छा र आकांक्षा अनुरुप अघि बढ्न सकिन्छ ।

त्यही राष्ट्रिय आवश्यकता महसुस भएर नै आज केन्द्रदेखि स्थानीय तहसम्म ५ दलीय गठबन्धन भएको यथार्थ आम नागरिकले बुझ्न आवश्यक छ । व्यक्ति विशेष यसको तर्क र व्याख्या हुन सक्लान् तर साँचो यही हो । खानीखोलाबासीले समयमा बुद्धि पुर्याउन सकेन भने फेरी खानीखोला विकासको रेसमा पुनः पछि पर्ने देखिन्छ ।

यसपटकसडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारसहितको समृद्ध खानीखोला बनाउने एउटा सुन्दर मौका मिलेको छ । खानीखोलाको विकासका लागि स्पष्ट धारण भएको सही र योग्य उम्मेदवारलाई विजय गराउने अवसर जुरेको छ ।

त्यसैले हामीले परिकल्पना गरेको सुन्दर खानीखोलाको लागि हाम्रोबिच ‘हामी बनाउँछौँ, हाम्रो खानीखोला’ भन्ने नारासहितको संकल्प लिएको बाम–लोकतान्त्रिक गठबन्धनबाट खानीखोलामा पालिकादेखि वडासम्मका उम्मेदवारहरुलाई विजय गराउनुको विकल्प छैन ।

त्यसका लागि आम खानीखोलाबासीले ‘गोलाकारभित्रको हाँसिया हातौडा’मा अमुल्य मतदान गरी खानीखोलाको अध्यक्ष पदका लागि इन्द्रबहादुर थिङ ‘छिन्ताङ’लाई र उपाध्यक्षका उम्मेदवार दोर्जेमान जिम्बालाई ‘रुख’ चिन्हमा मतदान गर्नु पर्नेछ । त्यस्तै वडाहरुमा त्यहाँको गठबन्धनका अध्यक्षका उम्मेदवार कुन पार्टीबाट उठेको त्यसको आधारमा मतदान गर्नु पर्ने हुन्छ । अन्ततः समृद्ध खानीखोलाको लागि दृढ संकल्पसहित चुनावी मैदानमा होमिएका बाम–गठबन्धनका उम्मेदवारलाई अग्रिम बधाई तथा विजयको शुभकामना …

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय